धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने

राजविराज राजविराज
|
मंगलबार, पौष २०, २०७८
|
|
४५ पटक हेरिएको
Shares
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने

सारांश

  •     मंगलबार सम्पन्न खेलमा धनुषाले सिरहालाई ७ बिकेटले तथा बाराले सप्तरीलाई ९५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाए ।
  •     मविव क्याम्पस खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले ३४ ओभरमा सम्पूर्ण बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो ।
  • जसमा सुमन गहतराजले ३३, शैलेन्द्र साह २९ तथा रूपेश सिँहले १९ रनको योगदान गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि राजविराजमा जारि प्रदेश २ स्तरिय छनोट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा धनुषा र बारा बिजयी भएका छन् । दुबै टिम बुधबार हुने फाईनल खेलमामा भिड्ने छन् । 
    मंगलबार सम्पन्न खेलमा धनुषाले सिरहालाई ७ बिकेटले तथा बाराले सप्तरीलाई ९५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाए ।
    मविव क्याम्पस खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले ३४ ओभरमा सम्पूर्ण बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा सुमन गहतराजले ३३, शैलेन्द्र साह २९ तथा रूपेश सिँहले १९ रनको योगदान गरेका थिए । बलिंङतर्फ धनुषाका विशाल सुशलिंग र श्याम राय ३÷३ बिकेट तथा आकाश सिँहले २ बिकेट लिएका थिए । 
    जवाफी ब्याटिङ गर्दै धनुषाले २७ दशमलव ४ बलमा ३ बिकेट गुमाउँदै बिजयी लक्ष्य प्राप्त गरेको थियो । धनुषाका लागि विशाल सुशलिंगले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ५९ रन बनाए वापत म्यान अफ दि म्याच घोषित भए । 
    मंगलबारै बारा र सप्तरीबीच दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । उक्त खेलमा बाराले टस जितेर ब्याटिङ रोज्दै ४६ ओभरमा ७ बिकेट गुमाएर २ सय ६१ रनको चुनौती पेस गरेको थियो । जसमा मेघराज महरा र साहिल पटेलले समान ४२÷४२ रन तथा निखिल सिंह (अविजित) ३९ र अरनिको २८, जितेन्द्र यादबले (अविजित) २६ र कुमार थापाले २० रनको योगदान दिएका थिए । बलिङतर्फ सप्तरीका अजय यादबले ३, रोबिन सिंहले २ तथा महबुव आलम र अनिल यादबले १÷१ बिकेट लिएका थिए । 
    जवाफी ब्याटिङमा सप्तरी ३७ दशमलव २ ओभरमा सबै बिकेट गुमाई १ सय ६६ रन मात्र बनाउन सकेको थियो । जसमा अमित मण्डलले सर्वाधिक ५४, रोहन बिक २१, महबुव आलम १६ र बिकास दास १७ रन बाहेक अरू कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेनन् ।  
    बलिङतर्फ बाराका समीर नेपाल ३, भुलवन सहनी २ तथा आशुतोष पटेल, जितेन्द्र यादब, कुमार थापा र अरनिको यादब १÷१ बिकेट लिएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका अरनिको यादब घोषित भए । 
    प्रतियोगिताको फाईनल खेल बुधबार सम्पन्न हुने क्रिकेट सघ सप्तरीका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा 
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
नेपाल सहकारीको साधारणसभा सम्पन्न
नेपाल सहकारीको साधारणसभा सम्पन्न

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु