दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
धर्मीहल्फा महिला विकास कल्व सप्तरीद्धारा मंलवार अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका ३४ विपन्न र २ हात्ती पीडित परिवारलाई राहत वितरण गरेको छ ।
क्लवले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का वल वहादुर राई र रुपनी गाउँपालिका वडा नम्वर ६ का तीर वहादुर तामाङको परिवारलाई त्रिपाल, सारी, झुल, तन्ना, कन्ती, भाँडा, थाल, पन्यौ र गिलास एक÷एक थानको दरले राहत प्रदान गरेको छ ।
त्यस्तै २८५५ औ सोनाम ल्होछारको अवसरमा क्लवले अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ सितापुरका ३२ विपन्न तामाङ परिवारलाई एक थानको दरले कमल वितरण गरेको छ ।
नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का अध्यक्ष भक्त वहादुर तामाङको अध्यक्षता तथा संघीय सदस्य भिम घिसीङ तामाङको प्रमुख आतिथ्यमा एक समारोहका वीच न्यानो कपडा र ल्होछार खर्च वितरण गरेको हो ।
उनीहरुको माघ १० गते हात्तीले घरमा पुर्ण रुपले क्षति गरेको थियो । यसैगरी नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ ले वडाका विपन्न ३२ तामाङ परवारलाई ९९ हजार ल्होछार खर्च वितरण गरेको छ । न्यानो कपडा र ल्होछार खर्च वितरण गर्दै प्रमुख अतिथी तामाङले विपन्न तामाङलाई सहयोग गरेकोमा क्ल्व र वडा समितीको प्रशंसा गरे ।
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
सारांश
- क्लवले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का वल वहादुर राई र रुपनी गाउँपालिका वडा नम्वर ६ का तीर वहादुर तामाङको परिवारलाई त्रिपाल, सारी, झुल, तन्ना, कन्ती, भाँडा, थाल, पन्यौ र गिलास एक÷एक थानको दरले राहत प्रदान गरेको छ ।
- त्यस्तै २८५५ औ सोनाम ल्होछारको अवसरमा क्लवले अग्नीसाईर कृष्णासवरन वडा नम्वर २ सितापुरका ३२ विपन्न तामाङ परिवारलाई एक थानको दरले कमल वितरण गरेको छ ।
- नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का अध्यक्ष भक्त वहादुर तामाङको अध्यक्षता तथा संघीय सदस्य भिम घिसीङ तामाङको प्रमुख आतिथ्यमा एक समारोहका वीच न्यानो कपडा र ल्होछार खर्च वितरण गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया