तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ६, २०७८
|
|
७५ पटक हेरिएको
Shares
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु

सारांश

  •     कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा उक्त तीन दिने तालिमको आयोजना गरिएको हो ।
  • कृषि उत्पादनमा बृद्धि तथा बेरोजगारलाई क्षमता अभिवृद्धी, विऊ विजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि आधारभुत तालिम शूरु भएको छ ।
  •       तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बेरोजगारी समस्या हल गर्नका लागी कृषिको उत्थान हुनु आवश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सप्तरीमा तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । 
    कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा उक्त तीन दिने तालिमको आयोजना गरिएको हो । कृषि उत्पादनमा बृद्धि तथा बेरोजगारलाई क्षमता अभिवृद्धी, विऊ विजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि आधारभुत तालिम शूरु भएको छ । 
    तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बेरोजगारी समस्या हल गर्नका लागी कृषिको उत्थान हुनु आवश्यक रहेको बताए । तालिमले कृषि उत्थान र युवालाई आफ्नै गाउँ ठाउँमा काम गर्न मद्दत पु¥याउने उनको बताए । 
    कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले तालिममा सहभागी हुन सय भन्दा बढी आवेदन परे पनि सिमित बजेट र बर्तमान अवस्थालाई हेरी ३५ जनाको मात्र छनौट गरिएको बताए । उनले आवेदकहरु मध्येबाट जिल्लाका १८ वटै स्थानीय तहको प्रतिनिधीत्व हुने गरी ३५ जनाको छनौट गरी तालिम दिने व्यवस्था मिलाइएको जानकारी दिए । 
    तालिममा सहभागी भएकाहरुको परिक्षा लिईने र उत्तिर्ण हुनेरुलाई दिईने प्रमाण पत्र (लाईसेन्स) का आधारमा विऊ विजन उत्पादन, विक्री वितरण र व्यवस्थापन लगायतका काम गर्न पाउने उनको भनाई थियो । 
    कार्यक्रममा बालि संरक्षण अधिकृत सुब्बालाल मण्डल, दिनेश्वर प्रसाद यादव लगायतले पनि कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा सहभागीहरुलाई विऊ विजन गुणस्तर केन्द्र काठमाण्डौका कृषि विज्ञ प्रशिक्षक रचना देव र हरि यादवले प्रशिक्षण दिईरहेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
एक करोड मुल्य बराबरको गाजा बरामद
एक करोड मुल्य बराबरको गाजा बरामद
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै