दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार महिला मानव अधिकार रक्षक सञ्जाल मुल आयोजक समारोह समितिले ¥याली सहितको सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
स्थानीय शिव मन्दिरबाट मुल आयोजक समारोह समितिको अगुवाईमा दलित सरोकार मञ्च, पत्रकार महासंघ, मैत्री मिथिला फाउण्डेशन, परिकल्पना नेपाल, जिल्ला प्रहरी कार्यालय लगायत एक दर्जन संघ÷संस्था र कार्यालयको प्रतिनिधिको संयुक्त सहभागितामा निस्केको ¥याली बजार क्षेत्र परिक्रमा गरेको थियो ।
सो क्रममा सहभागिहरुले दाइजो प्रथा बन्द गर, छोराछोरीलाई सामान व्यवहार गर, बालविवाह तथा महिला हिंसा बन्द गर, भ्रुण हत्या बन्द गर लगायतका नाराबाजी समेत गरेका थिए ।
बजार परिक्रमा पश्चात ¥याली अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । सामाजिक न्याय लैंगिक सामानता, दिगो विकासको सुनिश्चितता नाराका साथ भएको अन्तरक्रिया कार्यक्रममा मुल आयोजक समितिकी संयोजक सुधा देव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सामुदायिक प्रहरी सेवा मञ्चका हितनाराण लाल दास, एकम महिला संघकी अनिता देवकोटा, सञ्चारकर्मी मनोहर पोख्रेल, नानीमाया कटुवाल लगायतले सबै क्षेत्रमा महिलाको सामान सहभागितामा जोड दिएका थिए ।
महिला दिवसमा ¥यालीसहितको सचेतनामूलक कार्यक्रम
सारांश
- स्थानीय शिव मन्दिरबाट मुल आयोजक समारोह समितिको अगुवाईमा दलित सरोकार मञ्च, पत्रकार महासंघ, मैत्री मिथिला फाउण्डेशन, परिकल्पना नेपाल, जिल्ला प्रहरी कार्यालय लगायत एक दर्जन संघ÷संस्था र कार्यालयको प्रतिनिधिको संयुक्त सहभागितामा निस्केको ¥याली बजार क्षेत्र परिक्रमा गरेको थियो ।
- सो क्रममा सहभागिहरुले दाइजो प्रथा बन्द गर, छोराछोरीलाई सामान व्यवहार गर, बालविवाह तथा महिला हिंसा बन्द गर, भ्रुण हत्या बन्द गर लगायतका नाराबाजी समेत गरेका थिए ।
- बजार परिक्रमा पश्चात ¥याली अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया