दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
आगामी बैशाख ३० गते तोकिएको स्थानिय निर्वाचनका लागि सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले आ–आफ्नो दावी गरेका छन ।
चुनावी चहल पहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नम्बर १ चिम्टीमा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरेका छन ।
सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन । सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको दावी गरे ।
महादेवा गापा १ वडा अन्तर्गतका बिभिन्न ब्यक्तिहरुले वडाध्यक्ष पदमा राधे श्याम यादव, सूर्य नारायण सरदार, बच्चि देवी सरदार आकांक्षीहरु रहेका छन ।
सो छलफल तथा निर्वाचन अन्र्तक्रियामा गापाका स्थानिय नेता दिपेन्द्र माझी, मनोज यादव, कृष्णदेव मण्डल, वैेजु कामैत, फरेवी सदा, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो ।
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
सारांश
- नेकपा माओवादी केन्द्रका क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले आ–आफ्नो दावी गरेका छन ।
- चुनावी चहल पहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नम्बर १ चिम्टीमा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरेका छन ।
- सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया