दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ शनिबार एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराएका हुन् ।
मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लडेका थिए भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेश कुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
सारांश
- राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराएका हुन् ।
- मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लडेका थिए भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
- पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया