मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 

राजविराज राजविराज
|
मंगलबार, आषाढ २१, २०७९
|
|
२३ पटक हेरिएको
Shares
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 

सारांश

  •     मिटरब्याजको आरोपमा पक्राउ परेकाहरुको बयान लिने काम भइरहँदा सप्तरी जिल्ला अदालतको मूल गेटमा पीडितहरुले दिनभर धर्ना र प्रदर्शन गरेका हुन् ।
  •       बिहान ११ बजेदेखी अदालत बन्द हुने समय ५ बजेसम्म लगातार धर्ना र नाराबाजी गरेका हुन् ।
  • उनीहरुले आफूहरुलाई चर्को मिटर ब्याज लिएर घरबार बिहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही नगरिए अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ असार । 
    मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुद्वारा मंगलबार दिनभर जिल्ला अदालत सप्तरीको मूल गेट अगाडी दिनभर धर्ना दिँदै प्रदर्शन गरेका छन् । 
    मिटरब्याजको आरोपमा पक्राउ परेकाहरुको बयान लिने काम भइरहँदा सप्तरी जिल्ला अदालतको मूल गेटमा पीडितहरुले दिनभर धर्ना र प्रदर्शन गरेका हुन् । 
    बिहान ११ बजेदेखी अदालत बन्द हुने समय ५ बजेसम्म लगातार धर्ना र नाराबाजी गरेका हुन् । उनीहरुले आफूहरुलाई चर्को मिटर ब्याज लिएर घरबार बिहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही नगरिए अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् । 
    मिटरब्याजी साह परिवारबाट पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक तैयब अलीले हाल फरार रहेका रामदेवलाई अविलम्ब पक्राउ गर्न र पक्राउ परिसकेका रामदेवका छोरा नन्दकिशोर छोरी अनुराधामाथी कानुन बमोजिम कारवाही हुनुपर्ने माग गरेका छन् । 
    पीडितहरुले साह परिवारसँग लिएको ऋण चर्को ब्याजसहित चुक्ता गरिसकेपनि बन्धकी स्वरुप राखेको जग्गा फिर्ता नगरेको भन्दै दिनहुँ जसो सदरमुकाम राजविराजमा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुले अदालतबाट न्याय नपाए अब आफूहरुसँग मर्नुको विकल्प नरहेको बताउँदै आएका छन् । 
    पीडितहरुको उजुरीको आधारमा रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा दुई साताअघि नै पक्राउ परि ठगि तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । 
    दुई पटक अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएका दुबै जनाको मंगलबार न्यायाधिश सूर्यप्रकाश अधिकारीको उपस्थितिमा बयान लिने काम सकिएको छ । बुधबार थुनछेक बहस हुने अदालत श्रोतले जनाएको छ । यता प्रहरीले रामदेवको व्यापक खोजतलास भइरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ