१३ महिनामा २ बालकसहित १५ को मृत्यु

राजविराज राजविराज
|
बिहिबार, श्रावण १९, २०७९
|
|
६४ पटक हेरिएको
Shares
१३ महिनामा २ बालकसहित १५ को मृत्यु

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा करेन्ट लागेका ४० वटा घटना भएका छन् ।
  • जसमध्ये चार महिला, दुई बालक र ६ पुरुष गरि १२ जनाको मृत्यु भएको छ ।
  •       यस घटनामा मृत्यु हुनेहरु अधिकांश पानी तान्ने मोटरमा करेन्ट लागेर ज्यान गुमाउने छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ साउन । 

    सप्तरीमा गत आर्थिक वर्ष र चालु आवको साउन महिनाको १९ गतेसम्म करेन्ट लागेर २ बालकसहित १५ जनाको मृत्यु भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा करेन्ट लागेका ४० वटा घटना भएका छन् । जसमध्ये चार महिला, दुई बालक र ६ पुरुष गरि १२ जनाको मृत्यु भएको छ । 
    यस घटनामा मृत्यु हुनेहरु अधिकांश पानी तान्ने मोटरमा करेन्ट लागेर ज्यान गुमाउने छन् । आर्थिक वर्षको पहिलो महिनामै थप तीन जनाको पनि पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर ज्यान गएको छ । 
    यसैबीच घरमै रहेको ट्युवेलमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका ६ घोघनपुरकी २० वर्षिया अन्जली सरदार र उनका ४२ वर्षिय काका ससुरा सौदानन्दको बुधबार साँझ ज्यान गएको छ । अन्जली सात महिनाकी गर्भवति समेत रहेकी थिइन् ।
    यस्तै अघिल्लो दिन मंगलबार पनि सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ५६ वर्षिय शिवशंकर साहको आंगनमा रहेको टेयुवेलमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले पछिल्लो दुइ दिनमा मात्रै करेन्ट लागेर तीन जनाको ज्यान जानु असावधानीको परिणाम भएको बताएका छन् । ट्युवेलमा मोटर जोडेर पानी तान्ने क्रममा अपनाउनु पर्ने सावधानी नअपनाउदा यस्तो दुःखद घटना दोहोरीने गरेको स्थानीयहरुको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 
प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड
उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ