दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सप्तरी जिल्लामा लागु औषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ । एक वर्षको अवधीमा लागु औषध कारोबार तथा सेवन गर्ने कसुरमा १ सय ४१ जना पक्राउ परेका छन भने सो कार्यमा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका १ सय ४१ जनाका साथबाट प्रहरीले २ सय ४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्यावलेट बरामद गरिएको छ ।
यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेफाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा लागु औषध कारोबार तथा सेवनतर्फ १ सय ५३ जना पक्राउ परेका थिए ।
लागू औषधको कारोबार र कुलतमा अधिकाँश युवाहरु नै संलग्न रहेको पाइएकोले सीमा नाकाको क्षेत्रमा निगरानी बढाइनुका साथै सचेतनाका विभिन्न कार्यक्रम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै नेपाल भारत खुला सिमाना र उचित शिक्षा तथा अभिभावकको निगरानीको अभावले लागू औषधको कुलतमा युवाहरु फसेको प्रहरीको भनाई छ ।
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
सारांश
- प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका १ सय ४१ जनाका साथबाट प्रहरीले २ सय ४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्यावलेट बरामद गरिएको छ ।
- यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेफाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
- यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा लागु औषध कारोबार तथा सेवनतर्फ १ सय ५३ जना पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया