आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक

राजविराज राजविराज
|
बिहिबार, भाद्र २, २०७९
|
|
४६ पटक हेरिएको
Shares
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक

सारांश

  •     सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा पुर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको हो ।
  •       केन्द्रबाट सन् २०२१ जनवरी देखी २०२१ डिसेम्बर सम्मको एक वर्षको अवधीमा २४ हजार ८१ जनाले उपचार सेवा प्राप्त गरेका छन् ।
  • जसमध्ये १ हजार २ सय ३ जना मोतियाबिन्दुका विरामीको सफल शल्यक्रिया गरिएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ भदौ । 

    राजविराज नगरपालिका ९ मलेठमा २०५८ सालमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म विरामी उपचारका लागी आउने गरेका छन् । ती विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक रहने गरेको केन्द्रले जनाएको छ । 
    सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा पुर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको हो । 
    केन्द्रबाट सन् २०२१ जनवरी देखी २०२१ डिसेम्बर सम्मको एक वर्षको अवधीमा २४ हजार ८१ जनाले उपचार सेवा प्राप्त गरेका छन् । जसमध्ये १ हजार २ सय ३ जना मोतियाबिन्दुका विरामीको सफल शल्यक्रिया गरिएको केन्द्रको तथ्याङ्कले देखाएको छ । सोही अवधीमा उपचार सेवा लिएका २४ हजा ८१ जना मध्ये ४ हजार १ सय ३ जना भारतीय नागरिक छन् । 

    यस्तै सन् २०२२ जनवरीदेखी हालसम्मको ८ महिनाको अवधीमा एक हजार २ सय २ जना आँखाका बिरामीले उपचार सेवा पाएका छन् । जसमध्ये ३ सय ६ जना भारतीय नागरिक छन् । 
    सुरु सुरुमा आँखाको समान्य उपचार गरिने र जटिल प्रकृतिको रोगीलाई लहान स्थित चौधरी आँखा अस्पताल लगी उपचार गरिने गरिएकोमा हाल ३० शैयाको अस्पतालको रुपमा विकास गरी विशेषज्ञ चिकित्सकको टोलीद्वारा मोतिया बिन्दुको शल्यक्रिया समेतको सेवा विस्तार गरिएपछि उपचारका लागी आउने विरामीको घुँइचो लाग्ने गरेको केन्द्रका प्रमुख एवं नेत्र अधिकृत डा.रामकुमार झा बताउँछन । 
    आँखा सम्बन्धि विभिन्न रोगका दैनिक उपचार सेवा प्रदान गर्दै आएको केन्द्रले साताको १ दिन अतिन्युन शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । केन्द्रका प्रमुख डा.झाले २ हजार ५ सय रुपैया मै मोतियाबिन्दुको शल्यक्रिया गरिदै आएको र सो शुल्क नेपालको अन्य आँखा अस्पतालको शूल्क भन्दा सबै भन्दा कम रहेको दाबी गरे । चौधरी आँखा अस्पताल लहानबाट आउने विशेषज्ञ सहितको चिकित्सक टोलीले शल्यक्रिया उपचार सेवा प्रदान गर्ने गरेको उनको भनाई छ ।
    यसक्रमा अघिल्लो महिना मात्र विद्यालय र मदरसामा पुगी १ हजार भन्दा बढी बालबालिकाको निःशुल्क आँखा उपचार तथा करिब ३ सय बालबालिकालाई औषधी संगै चश्मा समेत निःशुल्क वितरण गरिएको उनले जानकारी दिए । 
    यस्तै राजविराज नगरपालिकाको सबै १६ वटै वडाका स्वास्थ्य चौकीका २÷२ जना स्वास्थ्यकर्मीलाई चौधरी आँखा अस्पतालका विशेषज्ञहरुबाट पिक भिजन सम्बन्धि तालिम प्रदान गरिएको र यसबाट आ–आफ्ना वडामा समेत आखाँ सम्बन्धि रोगको प्रारम्भीक उपचार र सल्लाह प्राप्त हुने उनको भनाई छ । 
    उनले हाल केन्द्रमा १ जना नेत्र अधिकृत, १ जना नेत्र सहायक अधिकृत तथा चौकिदार र सरसफाईकर्मी सहित ११ जना कर्मचारी कार्यरत रहेको बताए । स्थानीयले भने नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आउने गरेकाले केन्द्रको स्तरोन्नती गर्न माग गरेका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
एक महिलासहित ६ कैदीलाई माफी 
एक महिलासहित ६ कैदीलाई माफी 
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु