दैनिक समाचारदाता
राजविराज, ७ भदौ ।
सप्तरीको बलान विहुल गाउँपालिकामा मंगलबार दिउँसो प्रहरी टोलीलाई गाउँलेहरुले अवरोध गर्दा झडप भएको छ ।
तस्करी गरि ल्याएको सामान लुकाइराखेको घरमा खानतलासी गर्न पुगेको प्रहरीलाई स्थानियहरुले अवरोध गर्दा झडपको स्थिति सृजना भएको हो ।
गाउँलेहरुले खानतलासीमा पुगेका प्रहरी टोलीमाथी ढुंगामुढा गर्नथालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा तीन राउण्ड हवाई फायर समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर अवैध रुपमा चोर बाटो हुँदै ल्याइएका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान तस्करले बलान बिहुल गाउँपालिका ४ बेल्हीस्थित घुरन साहको घरमा लुकाइराखेको सूचना प्राप्त भएपछि सो गाउँपालिकास्थित प्रहरी चौकीबाट खानतलासीका लागि प्रहरी खटिएको थियो ।
गाउँलेहरुले प्रहरीलाई अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षकको नेतृत्वमा थप प्रहरी पुगेर खानतलासी गर्न खोज्दा प्रहरीमाथी घरको छतमा बसेर समेत गाउँलेहरुले ढुंगा प्रहार गर्दा स्थिति झन तनावग्रस्त बनेको थियो ।
ढुंगामुढाबाट प्रहरी सहायक हवल्दार शिवशंकर साह तथा प्रहरी जवान अनिलकुमार बस्नेत र बिशाल कुमार मिश्रा घाइते भएको डिएसपी काफ्लेले बताएका छन् ।
भिडलाई तितरबितर गरेर साहको घरमा खान तलासी गर्दा भन्सार छलेर ल्याइएको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजविराज भन्सार कार्यालयका कर्मचारी समेतको रोहबरमा उक्त सामान भन्सार कार्यालय पठाइएको डिएसपी काफ्लेले जानकारी दिएका छन् ।
सामान बरामद भएपनि घरधनी साह र तस्करीमा संलग्न रहेकाहरु फरार भएको र उनीहरुको खोजिकार्य भइरहेको डिएसपी काफ्लेले बताए । अहिले त्यसक्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको र स्थिति पूर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
सारांश
- तस्करी गरि ल्याएको सामान लुकाइराखेको घरमा खानतलासी गर्न पुगेको प्रहरीलाई स्थानियहरुले अवरोध गर्दा झडपको स्थिति सृजना भएको हो ।
- गाउँलेहरुले खानतलासीमा पुगेका प्रहरी टोलीमाथी ढुंगामुढा गर्नथालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा तीन राउण्ड हवाई फायर समेत गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर अवैध रुपमा चोर बाटो हुँदै ल्याइएका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान तस्करले बलान बिहुल गाउँपालिका ४ बेल्हीस्थित घुरन साहको घरमा लुकाइराखेको सूचना प्राप्त भएपछि सो गाउँपालिकास्थित प्रहरी चौकीबाट खानतलासीका लागि प्रहरी खटिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया