सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य

राजविराज राजविराज
|
बिहिबार, मंसिर ८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य

सारांश

  •     यसैगरि सप्तरी ३ को १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम विजयी भएका छन् ।
  • उनले १० हजार ६ सय ३० मत ल्याएर निर्वाचित भए ।
  • उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।

    सप्तरीको क्षेत्र नं १ को १ मा  प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी ५ हजार एक सय ९८ मतले विजयी भएका छन् । उनले १४ हजार दुई सय ९१ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत प्राप्त गरे । 
    यसैगरि सप्तरी ३ को १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम विजयी भएका छन् । उनले १० हजार ६ सय ३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेका एमालेका जोगेन्द्र भगतले ७ हजार ३ सय ४१ मत ल्याए ।  
    यस्तै सप्तरी क्षेत्र नम्बर १ को २ मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन् । मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्बर यादवले ९ हजार ८ सय ८८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवले ६ हजार ६ सय १० मत प्राप्त गरे । 
    सप्तरीमा रहेको आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा हालसम्म ६ प्रदेशसभा सदस्यको नतिजा आइसकेको छ । 
    मतपरिणाम अनुसार जिल्लामा जनमतले सर्वाधिक ४ प्रदेशसभा सदस्य पदमा जित हासिल गरेको छ भने काँग्रेस र नेकपा एमाले एक÷एक प्रदेशसभा सदस्यमा जित हात पारेका छन् । मतगणना जारि रहेको प्रदेशसभा ४ को १ मा एकीकृत समाजवादीका गोबिन्द न्यौपाने ८ हजार ४ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई एमालेका बालकिशोर चौधरीले ४ हजार १९ मतका साथ पच्छ्याइरहेका छन । 
    यस्तै ४ को २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्ध प्रसाद सिंहले ६ हजार ५ सय ५६ मत ल्याई अग्रता लिएका छन् । उनलाई जसपाका अभिषेक यादवले ५ हजार १ सय ७ मतका साथ पच्छ्याइरहेका छन् । त्यसैगरि जनमतका केशरराज गुप्ता ४ हजार ४ सय ३७ मतका साथ तेश्रो स्थानमा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
पत्रकार झाप्रति श्रद्धाञ्जली 
पत्रकार झाप्रति श्रद्धाञ्जली 
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
सिन्डीकेट लगाएर पुस्तक बिक्रि गरिरहेका  व्यवसायी र अभिभावकबीच झडप
सिन्डीकेट लगाएर पुस्तक बिक्रि गरिरहेका  व्यवसायी र अभिभावकबीच झडप