दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का गर्भवति तथा सुत्केरी महिलालाई विहिबार एक कार्यक्रमबीच सर्वोत्तम पिठो (सुपरसिरियल) वितरण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले सो पिठो वितरण गरेका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पहिलो चरणमा गर्भवति तथा सुत्केरी महिलाहरुलाई वितरण गरिएको बताउँदै दोस्रो चरणमा पाँच बर्ष मुनिका बालबालिकालाई समेत वितरण गर्ने जानकारी दिए ।
सीमा स्वास्थ्य चौकी नियमित एकीकृत स्वास्थ्य समन्वय तथा सञ्चालन कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजना गरिएको थियो ।
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
सारांश
- जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले सो पिठो वितरण गरेका हुन् ।
- सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
- कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पहिलो चरणमा गर्भवति तथा सुत्केरी महिलाहरुलाई वितरण गरिएको बताउँदै दोस्रो चरणमा पाँच बर्ष मुनिका बालबालिकालाई समेत वितरण गर्ने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया