स्थानिय समाचार
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
तीन दिन अघि चिसोले कठ्याँग्रिएर मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का राजु भनिने राजकुमार सदाको घर पुगी प्रदेशसभा सदस्यहरुले जानकारी लिएका छन् । जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं.२ को क बाट निर्वाचित सतिश कुमार सिह र ख बाट निर्वाचित प्रदेश सभा सदस्य महेश प्रसाद यादव सहितको एक टोली आईतवार सदाको घरमा पुगी परिवारको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।….