स्थानिय समाचार

निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको  गम्भिर ध्यानाकर्षण

 जिल्ला प्रशासन कार्यालय सप्तरीले मंसिर ४ गते हुने निर्वाचनका लागि सामाजिक संजालमा निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र प्रहरी माथी लगाइएको निराधार कपोकल्पित लाञ्छनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा यस्ता भ्रामक सन्देश पछाडी नलाग्न आम समुदायमा अनुरोध गरिएको छ । ….