स्थानिय समाचार
शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड
सेभ द चिल्ड्रेन को सहयोगमा तथा सबल नेपाल र सेभद सप्तरीद्वारा संचालित समुन्नती कार्यक्रमको जिल्ला कार्यक्रम सल्लाहकार समितिको बिहीबार बैठक तथा अनुगमन गरिएको छ । सो क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिद्यालयमा भौतिक पुर्वाधारको काम पूरा भएकोले अब बिद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षासँगै बिद्यालयमा तहगत शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड समेत दिए । सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा खडग नगरपालिकाको वडा नम्वर ३ पंसेरास्थित लक्ष्मी कृषक समुहले गरेको सामुहिक खेती, किसानहरूको मेहनत, लगानी, प्रतिफल तथा वालवालीकामा गरेको लगानी वारेमा जानकारी लिइएको छ । सो अनुगमनका क्रममा कृषक समुहका सदस्यहरूले पानी अभावका कारण उच्चा ठाँउमा तरकारी उत्पादन गर्न समस्या हुने गरेकोले पानीको उचित ब्यबस्थापनका लागि आग्रह गरेका थिए । यसैगरी अनुगमन टोलीका संयोजक यादबले खडग नगरपालिका ५ राप्रबि मेघबारीमा सेभ द चिल्ड्रेनको सहयोगमा कक्षा कोठा मर्मत सम्भार तथा हात धुने ब्यबस्थापन संचालन तथा बिद्यालय सरसफाई बारेमा स्थलगत अनुगमन गरेका छ भने बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई टिकाउन र सिकाई उपलब्धीलाई शतप्रतिशत सम्म पु¥याउन आग्रह गरेको छ ।…..