स्थानिय समाचार

रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित

 १५ औं राष्ट्रिय महिला स्वमसेविका दिवसको अवसरमा बुधबार सप्तरीको रुपनी गाउँपालिकामा ¥याली निकाल्दै अन्तरक्रिया गरिएको छ । गाउँपालिका कार्यालयबाट स्वमसेविकाहरुले एक ¥याली निकाल्दै रुपनी बजारको परिक्रमा पश्चात् गाउँपालिका कार्यालय परिसरमा अन्तरक्रिया गरेको हो ।      रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा विभिन्न स्वयमसेविकाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।      यसरी परस्कृत हुनेहरुमा वडा नं. १ की बिरनदेवी यादव, वडा २ की सरिता चौधरी र उर्मिला यादव, वडा नं. ३ की श्यामादेवी माझि, पवित्रीदेवी मुखीया र गिता चौधरी, वडा नं. ४ की प्रमोददेवी कर्ण, ५ की अर्चना कर्ण, पुनम मंडल र रामवत्ति रजक तथा ६ नं. की शशिकला चौधरी, रामदाना चौधरी र अशोका यादव रहेका छन् ।….