स्थानिय समाचार

बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु

 सप्तरीको बलान बिहुल गाउँपालिकास्थित ६ वटा वडाको २४ टोल मध्ये १६ वटा टोलमा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको छ ।      सो गाउँपालिकामा जनप्रतिनिधि आउनु अघि ४ टोलमा विद्युतीकरण भएको थियो भने एक हप्ता अघि ४ वटा टोलमा विद्युतीकरण गर्ने कार्य सम्पन्न भई विद्युत सूचारु भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।      वडा नं. १ को कमलदाहा र झिझाह टोल तथा वडा नं. २ को चन्ही र पथराहा टोलमा विद्युतीकरण सम्पन्न भएको छ । ती टोलहरुमा एक साताको निरन्तर प्रयास पश्चात् विद्युत सूचारु भएको छ । ….