स्थानिय समाचार
बैदेशिक रोजगारीमा गएका सप्तरीका १ सय ४२ जनाले ज्यान गुमाए
अन्तराष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा गोष्ठीको आयोजना गरिएको छ । तिलाठी कोईलाडी गाँउपालिका र सप्तरी सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा तथा सुचना तथा परामर्श केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले सही जानकारी पाएर मात्र रोजगारीका लागि बिदेश जानुपर्नेमा जोड दिए । सो अवसरमा सप्तरी सामुदायिक बिकास केन्द्र तथा गैसस सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले आप्रवासन दिवसको अवसरमा अनुरोध पत्र वाचन गर्दै सप्तरीमा आव ०७४÷०७५ सम्ममा ८८ हजार १ सय ८१ जना बैदेशिक रोजगारीमा गएको तथ्याङ प्रस्तुत गरे । यस्तै आब २०६५ देखि हाल सम्म एक दशकको अवधीमा सप्तरीबाट बैदेशिक रोजगारीमा गएका मध्येबाट १ सय ४२ जनाले ज्यान गुमाएको जानकारी समेत दिए ।….