स्थानिय समाचार

शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  

 सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्ने गरी प्रकृया अघि वढाएको भन्दै विरोधमा नेपाल शिक्षक महासंघले गरेको दुई दिने शैक्षिक हडतालका क्रममा पहिलो दिन बुधबार जिल्लाका समपूर्ण सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।  अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो ।      हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार वढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । ….