स्थानिय समाचार

सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह

राजविराज÷प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका अनिवार्य हुने बताएका छन् । जन ज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराज ९ मलेठको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सामाजिक रुपान्तरमा समेत सहकारीको भूमिका अहम रहेको जिकिर गरे ।      संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले सहकारी क्षेत्र राज्यद्वारा उपेक्षित रहेको आरोप लगाउँदै सहकारी क्षेत्रमा केन्द्रिय सरकारको कर लगाउने नीति त्रृटीपूर्ण समेत रहेको जिकिर गरे ।      साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले मंसिर महिना भित्रै प्रदेश सरकारले सहकारी मैत्री ऐन ल्याउन लागेको भन्दै सो ऐन आउने बित्तिकै प्रदेश २ को सहकारी क्षेत्रमा क्रान्ति आउने विश्वास व्यक्त गरे । …..