स्थानिय समाचार

सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  

 राजविराज÷प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीहरुले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका छन् । जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजबिराजको शनिबार १७ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले सहकारीको माध्यमबाटै समाजको बिकास हुने भएकोले अब उत्पादनशिल क्षेत्रमा समेत लगानी गर्ने पर्ने आवश्यकता रहेको बताए ।  सहकारीले समाज परिवर्तनमा उल्लेख्यीय भूमिका खेलेकोले यसलाई बिस्तार गर्न अझ लगानी गर्नुपर्ने भन्दै मन्त्री साहले सरकारी, नीजि तथा सहकारी क्षेत्र मिलेर अगाडी बढ्नु पर्ने जिकिर गरे । उनले मुलुकको आर्थिक बिकासका साथ साथै सामाजिक विकास समेत सहकारीकै माध्यमबाट हुन सक्ने बताए । ….