स्थानिय समाचार

अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित

 स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले संघीय निजामति कर्मचारीहरुलाई प्रदेश तथा स्थानिय तहमा समायोजन गर्दा अपनाईने सिद्धान्त व्यवहार र मापदण्डकै आधारमा साविक स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत अध्यादेशमा संशोधन, परिमार्जन गर्ने व्यवस्थाको माँग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।      राजविराज नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार विभिन्न माँगहरु तथा आन्दोलनका कार्यक्रम सम्मिलित ज्ञापनपत्र नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेश कुमार राजलाई बुझाएका छन् । ….