स्थानिय समाचार
सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए । उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।….