स्थानिय समाचार

जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव

 ६३ औं वार्षिक उत्सवको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस) सप्तरीले बिहिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले पत्रकार आचार संहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सुझाव दिएका छन् ।“जिम्मेवार पत्रकारिता र राससको भूमिका” विषयक अन्तरक्रियाका प्रमुख अतिथि मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहले आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । …..