तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै

सारांश

  •     तालिममा विद्यालय सुधार योजना निर्माण सम्बन्धी दक्षता अभिवृद्धि गर्ने, विपद्का सवालहरुको प्रभावकारी रुपमा सम्बोधन गरी समाधानका उपायहरु पहिल्याउने, विद्यालयमा रहेको विपद्को सम्भावित जोखिमहरुको पहिचान गर्ने तथा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने गरी प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
  •       युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा आयोजित तालिममा सामुदायिक विद्यालयहरुले पाँच बर्षको योजनासहित बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका योजनाहरुलाई समेत समेट्नु पर्ने भएकोले प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकलाई तालिम दिइएको जनाइएको छ ।
  •       तालिममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सुरुङ्गा नगरपालिकाका शिक्षा शाखाका भोगेन्द्र कुमार यादव, युनिसेफका नथुनी मोचीले सहजीकरण गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकहरुलाई सामुदायिक विद्यालयले बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका सवालहरुलाई प्रभावकारी रुपमा समावेश गर्न दुई दिने तालिम बुधबारदेखी सञ्चालन गरिएको छ । 
    तालिममा विद्यालय सुधार योजना निर्माण सम्बन्धी दक्षता अभिवृद्धि गर्ने, विपद्का सवालहरुको प्रभावकारी रुपमा सम्बोधन गरी समाधानका उपायहरु पहिल्याउने, विद्यालयमा रहेको विपद्को सम्भावित जोखिमहरुको पहिचान गर्ने तथा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने गरी प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् । 
    युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा आयोजित तालिममा सामुदायिक विद्यालयहरुले पाँच बर्षको योजनासहित बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका योजनाहरुलाई समेत समेट्नु पर्ने भएकोले प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकलाई तालिम दिइएको जनाइएको छ । 
    तालिममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सुरुङ्गा नगरपालिकाका शिक्षा शाखाका भोगेन्द्र कुमार यादव, युनिसेफका नथुनी मोचीले सहजीकरण गरेका छन् । उक्त अवसरमा युनिसेफका मेघराज मगरले सामाजिक ब्यवहार परिवर्तन परिवर्तन सम्बन्धमा सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री 
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री 
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव