दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
बालुवा मुनी गाडिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाजा सप्तरी प्रहरीले बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित दक्षिणतर्फ सप्तकोशी नदी किनारमा बालुवा मूनी गाडिएको अवस्थामा प्रहरीले ६० केजी गाजा आइतबार बरामद गरेको हो ।
गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय भारदह र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले तस्करीका लागि दुई वटा प्लास्टिकको बोरामा ¥यापिङ गरि बालुवा मूनी गाडिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहका अनुसार रातीको समयमा डुङ्गामा राखेर तस्करले उक्त गाजा भारतीय बजारमा पु¥याउने योजना बनाएको अनुमान गरिएको भएपनि तस्करको पहिचान हुन बाँकी रहेको जनाए ।
विगतमा पनि सप्तकोशी नदी किनारबाट गाजा बरामद गरिएको थियो । भारत भित्राउन सप्तकोशी नदी तस्करहरुका लागि उत्तम मानिन्छ । त्यही रुटलाई प्रहरीले विशेष निगरानीमा राखेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताए ।
गाजा तस्करी र खेती रोक्न अहिले प्रहरीले अभियान नै चलाएपछि आर्थिक वर्ष २०७९÷८० को हालसम्मको अवधीमा १८ हजार ९ सय गाजाको बोट नष्ट गरिसकेको प्रहरीले जनाएको छ ।
बालुवा मुनी गाडिएको गाजा बरामद
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित दक्षिणतर्फ सप्तकोशी नदी किनारमा बालुवा मूनी गाडिएको अवस्थामा प्रहरीले ६० केजी गाजा आइतबार बरामद गरेको हो ।
- गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय भारदह र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले तस्करीका लागि दुई वटा प्लास्टिकको बोरामा ¥यापिङ गरि बालुवा मूनी गाडिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहका अनुसार रातीको समयमा डुङ्गामा राखेर तस्करले उक्त गाजा भारतीय बजारमा पु¥याउने योजना बनाएको अनुमान गरिएको भएपनि तस्करको पहिचान हुन बाँकी रहेको जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया