सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
१२४ पटक हेरिएको
Shares
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई

सारांश

  •     राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
  •     पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्वप्रम भट्टराईले एकपछि अर्को गल्ती गर्दै सरकारले मुलुकलाई उल्टो दिसा तर्फ लगिरहेको आरोप लगाए ।
  • उनले भने, ‘अहिलेको सरकार वाइडबडी काण्ड, एनसेल काण्ड, बुढी गण्डकी काण्ड, सुनकाण्ड लगायतका काण्डै काण्डमा फसेको छ, जसकारण भ्रष्टाचार चरम सीमामा पुगेको तथा देशको आर्थिक विकासमा नाकारात्मक प्रभाव पारेको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।    
    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले वर्तमान सरकार भ्रष्टाचारलाई चरम सीमामा पु¥याएको आरोप लगाएका छन् । 
    राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
    पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्वप्रम भट्टराईले एकपछि अर्को गल्ती गर्दै सरकारले मुलुकलाई उल्टो दिसा तर्फ लगिरहेको आरोप लगाए । उनले भने, ‘अहिलेको सरकार वाइडबडी काण्ड, एनसेल काण्ड, बुढी गण्डकी काण्ड, सुनकाण्ड लगायतका काण्डै काण्डमा फसेको छ, जसकारण भ्रष्टाचार चरम सीमामा पुगेको तथा देशको आर्थिक विकासमा नाकारात्मक प्रभाव पारेको छ ।’
    थारु विद्रोहका कारण मुद्दा खेपेका रेशम चौधरी र राज्य विप्लवको मुद्दा खेपेका सीके राउतको सन्दर्भमा फरक–फरक निर्णय आउनु न्यायोचित न भएको उनको भनाई छ । उनले अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरीको विषयमा पनि सरकारले दोहोरो चरित्र देखाएको र न्यायलयलाई प्रभावमा पारेको आरोप समेत लगाए । 
    पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई सेटिङ मिलाएर नै रिहा गराइएको आरोप लगाउँदै उनले भने ‘पृथकतावादी आन्दोलन गर्ने राउतलाई सेटिङ गरेर निकाल्ने र तत्कालै सहमति पनि गर्ने, अनि राजनीतिक विद्रोह गरेकालाई आजिवन कारावास हुने ? उनले टिकापुर घटनामा सुरक्षाकर्मी मारिनु दुःखद भएपनि टिकापुर घटना राजनैतिक विद्रोह भएकोले राज्यले सोही अनुरुपको व्यवहार देखाउनु पर्ने जिकिर गरे ।
    विप्लव समूह सरकारको कुशासन र भ्रष्टाचारकै कारण पैदा भएको चर्चा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीन वटै तहमा गठन गर्नु पर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु