तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध

राजविराज राजविराज
|
सोमबार, चैत्र ६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध

सारांश

  •     १४ वर्षको लामो अन्तराल पछी भएको स्ववियु निर्वाचन उत्साहपुर्ण र शान्तिपुर्ण हुने अनुमान गरिएपनि तोडफोड र झडपका बीच तनावपुर्ण अवस्थामा मतदान सकिएको हो ।
  •       पुर्व निर्धारित समय भन्दा एक घण्टा ढिलो विहान ९ बजे सूरु भएको मतदानमा उत्साही भएर सहभागी हुन आएका विद्यार्थीहरुको उत्साह ३ घण्टा पनि टिक्न सकेन ।
  • १२ बजे तीर परिचय पत्रको विषयलाई लिएर दुई विद्यार्थी संगठनका समर्थक बीच झडप सूरु भएपछी मतदान प्रक्रिया रोकिन पुग्यो ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।

    राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागी आईतवार तनावपुर्ण अवस्थामा मतदान कार्य सकिएको छ । 
    १४ वर्षको लामो अन्तराल पछी भएको स्ववियु निर्वाचन उत्साहपुर्ण र शान्तिपुर्ण हुने अनुमान गरिएपनि तोडफोड र झडपका बीच तनावपुर्ण अवस्थामा मतदान सकिएको हो । 
    पुर्व निर्धारित समय भन्दा एक घण्टा ढिलो विहान ९ बजे सूरु भएको मतदानमा उत्साही भएर सहभागी हुन आएका विद्यार्थीहरुको उत्साह ३ घण्टा पनि टिक्न सकेन । १२ बजे तीर परिचय पत्रको विषयलाई लिएर दुई विद्यार्थी संगठनका समर्थक बीच झडप सूरु भएपछी मतदान प्रक्रिया रोकिन पुग्यो । त्यतिबेला सम्म झण्डै ४ सय विद्यार्थीले मतदान गरिसकेका थिए । मतदान प्रक्रिया रोकिएपछी आक्रोशित विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरी क्याम्पसका झ्याल ढोकाका शिशाहरु फुटाउन थालेपछी स्थिती झन तनावग्रस्त बन्यो । 
    स्थिती नियन्त्रणमा लिन डिएसपी नरेश कुमार सिंहको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछी रोकिएको मतदान प्रक्रिया पुनःअपरान्ह ४ बजे देखि शूरु भएको थियो । 
    स्थिती तनावपुर्ण देखिएपछी कतिपय विद्यार्थी मतदान नै नगरी घर फर्किएका थिए । उनीहरुलाई पुनः मतदान स्थलमा ल्याउन विभिन्न विद्यार्थी संगठनका नेताहरु मोटरसाइकल लिएर दौडधुप गरिरहेको दृष्य साँझ ५ बजे सम्म देखिएको थियो । 
    यस अघि अपरान्ह ४ बजे सम्म मात्र मतदान गर्न पाउने कार्य तालिका रहेपनि विवादका कारण ढिला भएकोले ५ बजे सम्म मतदान स्थल भित्र प्रवेश गरिसकेका सबैलाई मतदान प्रक्रियामा सहभागी गराउने क्याम्पस प्रशासनले निर्णय गरेको थियो । 
    एमाले निकटको अनेरास्ववियुका नेताले १ सय भन्दा बढी विद्यार्थीको परिचयपत्र राखेको र सो फर्जि भएको दाबी गर्दै जसपा निकटको समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरुले हो हल्ला गरेपछी झडप शूरु भएको थियो । सो क्रममा अनेरास्ववीयुका सभापतीका उम्मेदवार रंंजित कुमार साह घाईते समेत भएका छन । उनलाई क्याम्पसको प्रवेशद्वार नजिकै राखेर अनेरास्ववीयुका समर्थकहरुले दोषी माथी कारवाही र निर्वाचन स्थगनको माग गर्दै नाराबाजी गर्न थालेपछि स्थिती थप तनावग्रस्त बन्यो । 
    अनेरास्ववीयुका नेताहरुले भने आफुहरुसंग रहेको परिचयपत्र फर्जि नरहेको दाबी गर्दै विपक्षी विद्यार्थी संगठनले झुठो आरोप लगाई हातपात र आक्रमणमा उत्रेको बताएका छन् । उनीहरुले यसको छानवीन हुनु पर्ने माग समेत गरेका छन । निर्वाचन अधिकृत रामअशीस यादवले विद्यार्थी संगठनका बीच परिचय पत्रको विषयलाई लिएर उत्पन्न विवादबारे विद्यार्थी संगठनका नेता तथा प्रहरी प्रशासन संगको छलफल पश्चात रोकिएको मतदान प्रक्रिया पुनः शूरु गरिएको बताएका छन् । 
    क्याम्पस प्रमुख राजिव मिश्राले विद्यार्थीहरुले गरेको ढुंगा मुढाबाट क्याम्पसको झ्याल ढोकाका शिसाहरु फुटेर १ लाख भन्दा बढीको क्षती भएको बताए । कुल १ हजार ९ सय १४ मतदाता रहेको स्ववीयु निर्वाचनमा ८ सय ३० मत खसेको र मतगणना कार्य आईतवार अवेर राती देखी नै शूरु गरिने क्याम्पस प्रशासनले जनाएको छ । 
    यसैबीच महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् । 
    नेवि संघका अध्यक्ष राकेश कुमार ठाकुर, अनेरास्ववियुका अध्यक्ष रन्जिव कुमार साह, अनेरास्ववियूका अध्यक्ष सुमित मिश्रा र जनमत विद्यार्थी संघ सप्तरीका अध्यक्ष राजा कुमार साहद्वारा आइतबारै संयुक्त विज्ञप्ति जारि बिरोध गरेका छन् ।  
    विज्ञप्तिमा, “निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन गरेको प्रयासप्रति हामी मर्माहत भएका छौं । निर्वाचन प्रजातान्त्रिक विधी भएपनि त्यसको खिल्ली उडाउँदै एकतर्फा रुपमा एउटा प्यानललाई मात्रै मतदान गर्ने वातावरण बनाएको छ । यो अवस्थालाई हेरी हामी नारावाजी गर्दा केहि बेरका लागि मतदान रोकिएको थियो । तर, त्यसपछि प्रहरीको बलमा निर्वाचन समितिले समाजवादी विद्यार्थी युनियन निकटका मतदातालाई भित्र छिर्न लगाई मतदान गर्न लगाएका छन् ।” भनिएको छ । 
    त्यस्तै “एकतर्फी रुपमा यसरी गराइएको निर्वाचनको कुनै तुक छैन् । हामी यसको घोर भत्र्सना गर्दछौं । आइतबार भएको निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा निर्वाचन गराउन हाम्रो माग छ ।” विज्ञप्तिमा उल्लेख छ ।
    सोही विज्ञप्तिमा निर्वाचन अधिकृत रामअशिष यादवले एक मात्र प्यानललाई जिताउन प्रयास गरेकाले उनलाई पनि पदबाट हटाएर कार्वाही गर्न माग गर्दै माग पूरा नभए निर्वाचनलाई कुनै पनि हालतमा नमान्ने र चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको विशेष सुरक्षा योजना संचालन
प्रहरीको विशेष सुरक्षा योजना संचालन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 
कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?