हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न 

सारांश

  •     द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित अन्तरक्रियाका बक्ताहरुले सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिएका छन् ।
  •       कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
  •       हरवा चरवाहरुको पुर्नस्थापना र उहाँहरुको भावी सन्ततिको उज्वल भबिष्यका लागि सबै पक्षले ठोस योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष यादवले हरवा चरवामाथि कुनै किसिमको बिभेद हुन नदिन प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।

    प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया शुक्रवार सप्तरीको रुपनी गाउँपालिकामा सम्पन्न भएको छ । 
    द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित अन्तरक्रियाका बक्ताहरुले सरकारद्वारा घोषित हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयनका लागि तीनै तहको सरकारबाट पहल हुनुपर्नेमा जोड दिएका छन् । 
    कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 
    हरवा चरवाहरुको पुर्नस्थापना र उहाँहरुको भावी सन्ततिको उज्वल भबिष्यका लागि सबै पक्षले ठोस योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष यादवले हरवा चरवामाथि कुनै किसिमको बिभेद हुन नदिन प्रतिबद्धता व्यक्त गरे । 
    कार्यक्रममा हरवा चरवा परिवारका सदस्यहरुले हरवा मुक्तिको घोषणा भएपनि कार्यान्वयनमा नआउँदा आफुहरु समस्यामा रहेको बताउँदै सरकारले पुर्नस्थापनाको गरेपनि अझै आफुहरु उठिबासको समस्या भोग्नु परिरहेको बताएका छन् । 
    सो अवसरमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवा चरवा पुर्नस्थापना कार्यबिधि २०७९ अनुसार हरवा चरवाहरुको लागत सङ्कलन गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसका लागि स्थानीय सरकारले ठोस योजना अघि सार्नुपर्ने बताए । 
    श्रीुपर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीद्वारा सञ्चालित कार्यक्रममा श्रीुपर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले हरवा चरवा परिवारको आर्थिक उन्नति र सशक्तिकरणका लागि द फ्रिडम फण्डको सहयोगमा जिल्लाको रुपनी गाउँपालिकासहित शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका र बोदे बसाईन नगरपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए । 
    उहाँले बर्षाैदेखि तराई मधेशका जिल्लामा देखिएको हरवा चरवा मुक्तिको तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेसँगै पुर्नस्थापनाका लागि सबै पक्ष एकजुट हुनपर्ने उल्लेख गरे । 
    यसअघि बिहीवार द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीको बोदे बर्साईन नगरपालिकामा पनि प्रधानमन्त्रीको बिशेष सन्देश र हरवा चरवाको पुर्नस्थापना बिषयक एक दिने अन्तरक्रिया आयोजना गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह