आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा बैरबोना निवासी ३५ वर्षिय बिरेन्द्र यादव र उनकी श्रीमती २९ वर्षिया रन्जु कुमारी यादव रहेका छन् ।
  • उनीहरुलाई प्रहरीले सिरहाको लहानस्थित अस्पताल चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
  •       घटनाक्रम अनुसार चैत ११ गते बिहान ३ बजे स्थानिय रमानन्द यादवको खरले छाएको फुसको घरमा यादव दम्पत्ति र वडा नं.

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरीको सुरुङ्गा नगरपालिका ९ बैरबोनाका रमानन्द यादवको घरमा आगो लगाएर फरार रहेका यादव दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा बैरबोना निवासी ३५ वर्षिय बिरेन्द्र यादव र उनकी श्रीमती २९ वर्षिया रन्जु कुमारी यादव रहेका छन् । उनीहरुलाई प्रहरीले सिरहाको लहानस्थित अस्पताल चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 
    घटनाक्रम अनुसार चैत ११ गते बिहान ३ बजे स्थानिय रमानन्द यादवको खरले छाएको फुसको घरमा यादव दम्पत्ति र वडा नं. १० सिस्वा बस्ने ४५ वर्षिय रामबिलास यादवले आगो लगाएका थिए । उनीहरुले आगो लगाउँदै गरेको अवस्था स्थानियले देखेपछि फरार भएका थिए । सो आगलागिमा नगद १५ हजारका साथै घर र अन्नपातगरि ९९ हजार २ सय मुल्य बराबरको क्षति भएको थियो । 
    तीनै जना बिरुद्ध अपराधिक उपद्रव (आगोलागि) मुद्दा दर्ता भएपछि फरार रहेका उनीहरु मध्ये यादव दम्पत्तिलाई बिहीबार प्रहरी चौकी धाँती र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
सडकमै ढलेर बृद्धको मृत्यु 
सडकमै ढलेर बृद्धको मृत्यु 
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ