बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

राजविराज राजविराज
|
शनिबार, जेठ १३, २०८०
|
|
६० पटक हेरिएको
Shares
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

सारांश

  •     युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
  •     कुनै पनि खालको विपद्मा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बालअधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।
  •     वालवालिकाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुले आप्mनो आवाज उठाउन सकुन् र सम्वन्धित निकायले उनीहरुको समस्या तथा कुरा सुनुन्, जसले विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय बालक्लबका सदस्यहरुका लागि विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।

    विद्यालयमा अध्ययनरत बालबालिकालाई विपद्को जोखिमबाट हुने असरबाट जोगाउन तथा समुदायमा सन्देश प्रवाह गर्न तिलाठी कोइलाडी गाउँपालिकाले विपद् जोखिम न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
    युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
    कुनै पनि खालको विपद्मा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बालअधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।
    वालवालिकाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुले आप्mनो आवाज उठाउन सकुन् र सम्वन्धित निकायले उनीहरुको समस्या तथा कुरा सुनुन्, जसले विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय बालक्लबका सदस्यहरुका लागि विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत झाले जानकारी दिए ।
    बालवालिकाहरुले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा बाालबालिकाहरुले आफनो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको झाले बताए ।
    सो अभिमुखीकरण कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी मावि कोइलाडी, लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामाकट्टी, जनतामावि तोपा, पब्लिक मावि लौनियाँ तिलाठी, उमेश्वर आधारभूत विद्यालय लौनियाँ, राजाजी आधारभूत विद्यालय बनरझुला र कृष्णकुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय बर्साइनमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
फरार १६ अभियुक्त पक्राउ 
फरार १६ अभियुक्त पक्राउ 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
फोरम नेपाल सप्तरीको अध्यक्षमा  केदार यादव निर्वाचित
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने