दैनिक समाचारदाता
राजविराज, २६ असार ।
परिक्षा दिन साइकल चढेर विद्यालय जाँदै गरेका एक बालकको मंगलबार बिहान ट्रकको ठक्करबाट ज्यान गएको छ ।
सप्तरीको रुपनी गाउँपालिका १ वस्ने १२ वर्षिय मो.रहमानलाई विहान करिब ६ बजे तिर रुपनी चौकस्थित मधेश प्रदेश प्रहरी जोगेन्द्र–ठाकोदेवी अस्पताल नजिककै ट्रकले ठक्कर दिएको हो ।
साईकल चढेर खोक्सरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा जाँदै गरेका रहमानलाई अचानक पछाडीबाट आईरहेको को.१प.१०८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनी कक्षा ७ मा अध्यनरत थिए ।
उनलाई तत्कालै स्थानीय र प्रहरीले उद्दार गरी तीन किलो मिटर टाढामा अवस्थित युनिक अस्पताल पु¥याए । त्यहाँ उपचार सम्भव नभएपछी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार उपचार कै क्रममा उनको मृत्यु भएको जानकारी दिएका छन् ।
डिएसपी सिंहले ठक्कर दिने ट्रक र चालक मोरंगको बुढी गंगा गाउँपालिका ३ वस्ने ३६ वर्षिय राम बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको जानकारी दिए ।
यता बालकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयवासीले विहानैदेखी पुर्वपश्चिम राजमार्ग अन्तर्गतको रुपनी खण्डमा आवागमन अवरुद्ध पारेका थिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव लगायतको पहलमा दिउसो ३ः३० बजेतिर आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ ।
चालकलाई कानुन बमोजिम कारवाही गर्ने तथा मृतकपरिवारलाई उचित क्षतीपुर्ती दिने सन्र्दभमा आगामी विहीवार गाउँपालिकाका प्रतिनीधी, सुरक्षा निकायका प्रमुख तथा मृतकका आफन्त समेतलाई राखी बैठक वसी आवश्यक निर्णय लिने सहमती भएको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
परिक्षा दिन हिडेका बालकको ट्रकको ठक्करबाट ज्यान गयो
सारांश
- सप्तरीको रुपनी गाउँपालिका १ वस्ने १२ वर्षिय मो.
- रहमानलाई विहान करिब ६ बजे तिर रुपनी चौकस्थित मधेश प्रदेश प्रहरी जोगेन्द्र–ठाकोदेवी अस्पताल नजिककै ट्रकले ठक्कर दिएको हो ।
- साईकल चढेर खोक्सरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा जाँदै गरेका रहमानलाई अचानक पछाडीबाट आईरहेको को.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया