थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 

सारांश

  •     “रेशम बचाऊ अभियान” र थारु कल्याणकारिणी सभा सप्तरीले संयुक्त रुपमा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको तयारी बारे जानकारी दिएको हो ।
  •     पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, वडा, गाउँपालिका र नगरपालिकास्तरमा संघर्ष समिति गठन देखी राष्ट्रिय भेलासम्मको कार्यक्रम सार्वजनिक गरिएको छ ।
  •       आन्दोलनका कार्यक्रम अनुसार पहिलो चरणमा चैत १८ सम्ममा जिल्लाको सबै १८ वटै स्थानिय तहहरुमा संघर्ष समिति गठन गरि चैत १९ गते बिरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको रेशम बचाऊ अभियानका सप्तरी संयोजक रमाकान्त चौधरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
    संघीय संसद सदस्य पदको सपथ लिएका रेशमलाल चौधरीलाई आजिवन कैदको सजाय तोकेपछि आक्रोसित बनेका थारु समुदायले सरकार बिरुद्ध कडा संघर्ष गर्ने तयारी गरेका छन् । 
    “रेशम बचाऊ अभियान” र थारु कल्याणकारिणी सभा सप्तरीले संयुक्त रुपमा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको तयारी बारे जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, वडा, गाउँपालिका र नगरपालिकास्तरमा संघर्ष समिति गठन देखी राष्ट्रिय भेलासम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । 
    आन्दोलनका कार्यक्रम अनुसार पहिलो चरणमा चैत १८ सम्ममा जिल्लाको सबै १८ वटै स्थानिय तहहरुमा संघर्ष समिति गठन गरि चैत १९ गते बिरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको रेशम बचाऊ अभियानका सप्तरी संयोजक रमाकान्त चौधरीले जानकारी दिए । 
    यस्तै ६ बैशाखमा थारु यूवाको राष्ट्रिय भेलाको आयोजना गरि आन्दोलनका सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी गरिएको जानकारी दिँदै उनले टिकापुर घटना राजनीतिक मुद्दा भएपनि सरकारको भूमिका र अदालतको फैसलाले आन्दोलनको बाटो रोज्न बाध्य बनाएको बताए ।
    यस्तै सोही पत्रकार सम्मेलनमा अभियानकी सहसंयोजक कल्पना चौधरीले टिकापुर बिद्रोहलाई आंतककारी घटनाको रुपमा व्यबहार गरिनु तथा थरुहट आन्दोलनकारिलाई छानिछानी झुठो मुद्दा लगाउनु घोर अन्याय र आपत्तिजनक रहेको बताईन् । 
    यता थारु कल्याणकारिणी सभाका अध्यक्ष पूर्णप्रसाद चौधरीले टिकापुर घटना सम्बन्धमा पूर्व न्यायाधिश गिरिशचन्द्रलाल दासको नेतृत्वमा बनेको छानबिन टोलीको प्रतिबेदन सार्वजनिक नभएकै बेला अदालतको फैसला आउनु दुर्भाग्यपूर्ण भएको बताए । 
    उनले देशव्यापी आन्दोलन चर्काएर सरकारलाई बाध्य पार्ने चेतावनी समेत दिदै अब हुने आन्दोलनमा थारु मात्र नभई मधेशी, आदिवासी, जनजाती, दलित सबै सहभागि हुने र पुरै नेपालमा यसको प्रभाव देखिने ठोकुवा समेत गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह