झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 

राजविराज राजविराज
|
मंगलबार, भाद्र ५, २०८०
|
|
४८ पटक हेरिएको
Shares
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी 

सारांश

  •     जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ बथनाहा बस्ने बिजय कुमार मण्डल र उनकी पत्नी अम्बिका विरुद्ध उजुरी परेको हो ।
  •       सोही वडा निवासी भिखारी मण्डलले तीन दिन अघि जिल्ला प्रशासन कार्यालय सप्तरीमा जोहरी दरखास्त बुझाएका हुन् ।
  • यता जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा लेखी पठाएपछी मंगलबारदेखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    सप्तरीका एक दम्पती विरुद्ध झुठो विवरणमा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ । 
    जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ बथनाहा बस्ने बिजय कुमार मण्डल र उनकी पत्नी अम्बिका विरुद्ध उजुरी परेको हो । 
    सोही वडा निवासी भिखारी मण्डलले तीन दिन अघि जिल्ला प्रशासन कार्यालय सप्तरीमा जोहरी दरखास्त बुझाएका हुन् । यता जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा लेखी पठाएपछी मंगलबारदेखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
    जाहेरी दरखास्तमा भारत बिहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली मुख्यग्राम चंद्रडिह पंचायत वडा ८ निवासी ४५ वर्षिय अम्बिका कुमारी मण्डलले झुटो विवरण पेश गरी २०६३ साल चैत्र २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बंशजको (ना.प्र.नं १६३०८६÷४२५) नागरिकता प्राप्त गरेको उल्लेख छ । 
    जाहेरीकर्ता भिखारी मण्डलका अनुसार अम्बिका अहिले पनि भारतको चंद्रडीह ग्रामपंचायत वडा ८ स्थित सरकारी नव सृजित प्राथमिक विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छिन् । 
    भारत बिहार राज्यको निर्वाचन आयोगद्वारा जारी २०२३ को मतदाता सूचिमा अम्बिकाको मतदाता क्रम संख्या २६४, गृहसंख्या २५ र पिनकोड ८४७२२८ रहेको छ । यस्तै पतिको नाम विजय कुमार मण्डल तथा बुवाको नाम सीता राम मण्डल उल्लेख छ । तर अम्बिकाले नेपालबाट प्राप्त गरेको नागरिकतामा श्रीमानको नाम विजय कुमार मण्डल रहेपनि बुबाको नाम अन्तराम मण्डल उल्लेख छ । 
    एउटै ब्यक्तिीले भारतमा अर्कै र नेपालमा अर्कै बुबाको नाम राखी झुटो विवरण पेश गरी नागरिकता लिएको दाबी गर्दै भिखारीले यसको सुक्ष्म अनुसन्धान गरिए सबै सत्य तथ्य बाहिर आउने जाहेरी दरखास्तमा उल्लेख गरेका छन् । 
    यस्तै उनका श्रीमान विजयले पनि झुटो विवरण पेश गरी भारत र नेपाल दुबै देशको नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । भिखारीले प्रमाणका रुपमा विजयले पनि भारत सरकारको निर्वाचन आयोगबाट प्राप्त गरेको परिचय पत्र जाहेरी संगै पेश गरेका छन् । 
    उक्त परिचय पत्रमा विजय कुमार मण्डलको ठेगाना भारत विहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली, मुख्यग्राम चन्द्रडीह पंचायत वडा नंं ८, मतदाता क्रम संख्या ९४ गृहसंख्या २३ र पीनकोड ८४७२२८ रहेको उल्लेख छ । 
    विजयले २०४४ साल चैत्र ८ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्राप्त गरेको नागरिकता (ना.प्र.न १७२१२६९५) मा ठेगाना सप्तरीको तत्कालिन औरही गा.वि.स.५ (हाल डाक्नेश्वरी नगरपालिका ६)उल्लेख छ । 
    जाहेरी दरखास्त मार्फत झुटो विवरण पेश गरी अम्बिकाको नेपाली नागरिकता निकाल्ने क्रममा नक्कली बुबा बनेर सघाएका डाक्नेश्वरी नगरपालिका ६ का ७५ वर्षिय अन्तराम मण्डलमाथी समेत नागरिकता कसुर सम्बन्धि मुदा चलाउन अनुरोध गरिएको छ । 
    भिखारीले जाहेरी झुठा ठहरिए कानुन बमोजिमको सजाय भोग्न समेत तयार रहेको उल्लेख सहित प्रहरी अनुसन्धान वा अदालतमा मुद्दा चल्दा खोजेको बखत उपस्थित हुने जाहेरी दरखास्तमा उल्लेख गरेका छन ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
एमाले नेतृ झा र आदिवासी जनजातिका  अध्यक्ष प्रधान जसपामा प्रवेश
एमाले नेतृ झा र आदिवासी जनजातिका  अध्यक्ष प्रधान जसपामा प्रवेश
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने