चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना

राजविराज राजविराज
|
शनिबार, आश्विन २७, २०८०
|
|
३० पटक हेरिएको
Shares
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना

सारांश

  •     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकौती हुने, मादक पदार्थको सेवन गरि सवारी चलाउने जस्ता गतिविधी नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेमपु लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए ।
  •       २३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाय टोलीको परिचालन लगायतका योजना समेटिएको उनको भनाई छ ।
  •       जिल्लाको ग्रामिण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूती दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना समेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    राजविराज÷चाड पर्वलाई लक्षित गरि सप्तरी प्रहरीले २३ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । 
    विशेष सुरक्षा योजनामा सूचना पाएको ५ देखी ७ मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने, प्रमुख चौक र सीमानाकामा निगरानी बढाउने, यात्रु सहायता कक्षको स्थापना गर्ने र पैदल, साइकल, मोटरसाइकलबाट समेत २४ सै घण्टा गस्ती गर्ने लगायतका २३ बुँदे योजना समेटिएको छ । 
    प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जिल्ला भर सादा पोशाकमा समेत गरि ६ सय ९० प्रहरी जनशक्ति परिचालन हुने जानकारी दिदै चाडपर्वका समयमा अरु बेला भन्दा बढी भिडभाड र आर्थिक कारोवार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यही अनुसार गर्न आवश्यक भएकाले २३ बुँदे सुरक्षा योजना बनाइएको जानकारी दिए । 
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकौती हुने, मादक पदार्थको सेवन गरि सवारी चलाउने जस्ता गतिविधी नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेमपु लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । 
    २३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाय टोलीको परिचालन लगायतका योजना समेटिएको उनको भनाई छ । 
    जिल्लाको ग्रामिण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूती दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना समेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
ब्राउन सुगरसहित एक पक्राउ
ब्राउन सुगरसहित एक पक्राउ
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव