जनज्योतीमा पुनः मण्डल सर्वसम्मत

राजविराज राजविराज
|
आइतबार, आश्विन २८, २०८०
|
|
६६ पटक हेरिएको
Shares
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत

सारांश

  •     सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्षमा मण्डल सहित नयाँ संचालक समिति चयन भएको हो ।
  •     समितिको संचालक सदस्यहरूमा डम्बरनारायण यादव, मनोज यादव, सुरेन्द्र यादव, सागरनन्द वर्मा, शान्तिदेवी यादव र मो.
  • हुसेन चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
 
    जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठको शनिबार सम्पन्न १२औं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको अध्यक्षतमा नयाँ संचालक समिति सर्वसम्मतीबाट चयन भएको छ । 
    सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्षमा मण्डल सहित नयाँ संचालक समिति चयन भएको हो ।
    समितिको संचालक सदस्यहरूमा डम्बरनारायण यादव, मनोज यादव, सुरेन्द्र यादव, सागरनन्द वर्मा, शान्तिदेवी यादव र मो. हुसेन चयन भएका छन् ।
    त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा बलराम यादव तथा सदस्यहरूमा विजय मेहता र श्याम दास निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको साधारण सभामा १९ जना शेयर सदस्यलाई विभिन्न विधामा सम्मान गरिएको छ ।
    यसअघि सम्पन्न साधारण सभामा अध्यक्ष मण्डलले अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थामा ५ सय ५३ महिला र ७ सय २७ पुरुष गरि कुल १ हजार २ सय ८० शेयर सदस्यबाट २ करोड ५० लाख २५ हजार ४ सय शेयर पूँजी रहेको जानकारी दिए । 
    संस्थाका कोषध्यक्ष मनोज कुमार यादवद्वारा प्रस्तुत कोषाध्यक्षीय प्रतिवेदनमा संस्थाको कूल सम्पत्ति २० करोड ६३ लाख ४५ हजार ६३ रुँपैया, ऋण लगनी १४ करोड ९७ लाख ७४ हजार १ सय ९६ रुँपैया ७२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । 
    संस्था जिल्ला सहकारी संघ लि.सप्तरी, जिल्ला कृषि सहकारी संघ लि.सप्तरी, राष्ट्रिय सहकारी बैँक काठमाडौँ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. काठमाडौँ, कृषि सामग्री कम्पनि र साल्ट टे«डिङ कर्पोरेशनसँग आवद्धता रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
हिंसात्मक घटना रोक्नुपर्ने लगायतका ६ बुँदे माँगसहित मुख्यमन्त्रीलाई ज्ञापन
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता