तलबका लागि मदरसामा तालाबन्दी

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
६६ पटक हेरिएको
Shares
तलबका लागि मदरसामा तालाबन्दी

सारांश

  •     नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
  •       मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् ।
  • तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 

    राजविराज वडा नं. १ चनौरा पडरियास्थित आशीमियाँ दारुलउलम मदरसामा तलब नपाएको भन्दै मंगलबार तालाबन्दी गरिएको छ । प्रधानाध्यापक र शिक्षकहरुको अगुवाईमा तालाबन्दी गरिएको हो । 
    नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् । 
    मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् । तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन । 
    मदरसामा प्रध्यानाध्यापक बेगम, मौलबी मो.युनुस, कार्यालय सहायक रोशन खातुन तथा बाल विकास शिक्षिका तर्फ रक्षा चौधरी र प्रमिला कुमारी यादव गरी ५ जना कार्यरत छन् । 
    उनीहरुले गत साउन, भदौ र असोज महिनाको तलब तथा दशै खर्च समेत पाउन सकेका छैनन । २४ जना छात्र र ६२ जना छात्रा गरी कुल ८६ जना विद्यार्थी रहेको मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंगे्रजी र गणित विषयको पढाई हुन्छ । पठाई अब्बल रहेपनि अध्यक्षको मनोमानीका कारण बेला बेलामा विवाद उत्पन्न हुने गरेको अभिभावक मो.सदरुलले सुनाए । 
    मदरसामा कार्यरत शिक्षक, शिक्षिका, मौलवी र कार्यालय सहायकलाई अध्यक्ष आसिनले घरको नौकर जस्तै व्यवहार गर्न थालेपछि विवाद उत्पन्न हुने गरेको तथा यसले बालबालिकाको पठन पाठनमा समेत असर पर्न थालेको अर्का अभिभावक हसिना वेगमको भनाई छ । 
    राजविराज नगरपालिका शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिदै आएको २ लाख ४१ हजार रुपैया मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैया तलबमा शिक्षकहरु काम गर्दै आएका छन् । 
    मदरसाका प्रध्यानाध्यापक रुबीना बेगमले केही दिन अघि मात्र नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार मध्ये ४१ हजार मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाखबाट आफुहरु तलब लिने गरेको सार्वजनिक गरेकी थिइन । सोही कारणले रिसाएका अध्यक्ष आसिनले चेकमा हस्ताक्षर गर्न नमानेको र गल्ती स्वीकार्न दवाब दिन थालेको मौलवी मो.युनुसको भनाई छ । 
    मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिनले भने शिक्षकहरुले आफुलाई नटेर्ने तथा आफु विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गरेका छन् । आपृmु तलब खुवाउन चेकमा हस्ताक्षर गर्न तयार हुने तर त्यस अघि समाजका भरभलादमी वसेर केही निर्णय गर्नू पर्ने उनको अडान छ । कस्तो निर्णय ? भन्ने जिज्ञासामा उनले भने “त्यो कुरा वैठक वसेपछि मात्र राख्छौ ।”
    नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले मदरसामा लामो समय देखि तलब नपाएपछी शिक्षक÷शिक्षिकाहरुले तालाबन्दी गरेको खबर आफुलाई प्राप्त भएको बताउँदै यसको सत्य तथ्य बुझ्ने काम भईरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
राजविराज नपाको सुचनाको अवज्ञा 
राजविराज नपाको सुचनाको अवज्ञा 
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
मृत अवस्थामा पुरुष फेला  
मृत अवस्थामा पुरुष फेला  
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी