राजविराज÷राजविराजस्थित माँ चण्डी दुर्गा भगवती मन्दिरको पुजा समितिले आयव्यय सार्वजनिक गरेको छ ।
पूजाका लागि निर्माण भएको उक्त समितिले शनिबार एक कार्यक्रमबीच पूजा अवधीमा भएको आम्दानी, खर्च र दाताहरुबाट प्राप्त जिन्सीहरु सार्वजनिक गरेको छ ।
समितिका संयोजक रामानन्द देवले चन्दाबाट प्राप्त रकम, बलि प्रदानबाट प्राप्त रकम, दान पेटिकाबाट संकलित रकम, पुजाको समयमा मेलाका पसलहरुबाट संकलित रकम र विभिन्न दाताहरुबाट प्राप्त जिन्सी सामानहरुको विवरण प्रस्तुत गरे ।
उनले चन्दा वापत ८८ हजार ५ सय २१, बलि प्रदानबाट १४ हजार ८ सय ५५, मेलाबाट १७ हजार ८ सय ९५, दान पेटिकाबाट १९ हजार ९ सय ६७ गरि कुल १ लाख ४१ हजार २ सय ३८ आम्दानी भएको जानकारी दिए ।
संयोजक देवले आम्दानीबाट खर्च कट्टा गरि बचत भएको २२ हजार ८ सय ३८ रकम मन्दिरका पुजारी दुर्गानन्द मिश्रलाई प्रदान गरे । उक्त रकम मूर्ती निर्माणका क्रममा भएको खर्चमा सहयोग गरिएको जनाइएको छ ।
राजविराज वडा नं. ७ का अध्यक्ष शुभाषचन्द्र यादवको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूजा समितिका सदस्य, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सोही क्रममा पूजा समितिका संयोजक देवले वडा अध्यक्ष यादवलाई पूजा समितिको सम्पूर्ण हरहिसाबसहितको कागजात हस्तान्तरण गरे ।
यस्तै कागजात हस्तान्तरण पश्चात् सम्पूर्ण उपस्थित अतिथिहरुले मन्दिर परिसरमा विभिन्न प्रकारका फुल रोपेका थिए ।
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
सारांश
- उनले चन्दा वापत ८८ हजार ५ सय २१, बलि प्रदानबाट १४ हजार ८ सय ५५, मेलाबाट १७ हजार ८ सय ९५, दान पेटिकाबाट १९ हजार ९ सय ६७ गरि कुल १ लाख ४१ हजार २ सय ३८ आम्दानी भएको जानकारी दिए ।
- संयोजक देवले आम्दानीबाट खर्च कट्टा गरि बचत भएको २२ हजार ८ सय ३८ रकम मन्दिरका पुजारी दुर्गानन्द मिश्रलाई प्रदान गरे ।
- उक्त रकम मूर्ती निर्माणका क्रममा भएको खर्चमा सहयोग गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया