दैनिक समाचारदाता
बिरगन्ज, २१ चैत ।
बाराका हावाहुरीबाट प्रभावित क्षेत्रहरुका पीडितहरुलाई मधेसी एसोसिएसन ईन अमेरिका (मा) ले राहत वितरण गरेको छ ।
बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्हरीया, रमपुरर्वा, खटुवालगयातको प्रभावित क्षेत्रमा ‘मा’ को टोलिले सोमबारदेखि बुधबार राति सम्म राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।
भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक एवं युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले सोमबारदेखि लगातार बाराका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग एक सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ । भिजिट मधेस नेपालले ‘मा’द्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।
हालसम्म बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्भरीया, रमपुरर्वा, खटुवा लगयातको प्रभावित क्षेत्रका लगभग एक सय परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराएका संयोजक सर्राफले जानकारी दिए । अमेरिकाबाट “मा” का बरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले मधेसलाई आवश्यकता परेको बेला ‘मा’ हरपल सहयोग गर्न तैयार रहेको उनले बताए ।
त्यसैगरि ‘मा’ का प्रवक्ता प्रमोद (राज) सर्राफले हाल सम्म ‘मा’ले ५ लाख भन्दा पनि बढि रकमको त्रिपाल, सुत्ने म्याट, झुल, बाल्टिन, खाद्यान्न लगयातको राहत सामाग्री उपलब्ध गराई सकेको जानकारी गराए । उनले राहत वितरण कार्यलाई अहिले केहि दिन अझै निरन्तरता दिने जानकारी दिए । सर्राफले आश्यकता अनुसार ’मा’ले पुनर्निर्माण र खानेपानी व्यव्स्थापनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘मा’का नेपाल प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार अनुराग अनन्त, भिजिट मधेसका स्वयंसेवक पकज पटेल, मुन्ना सर्राफ, रवि गुप्ता, स्वास्थ्यकर्मी अनिश कुशवाहा, धिरेन्द्र जैशवाल, विनोद साह, दिप’ बरनवाल, नितेश बरनवाल, श्याम सर्राफ, जय साह, सागर सिंह लगायत २० जनाको टोलिले स्वयम्सेवकको रुपमा राहत वितरणमा सहयोग गरेको र सहयोगको लागि २४ सै घण्टा तैयारी अवस्थामा रहेको भिजिट मधेसका राष्ट्रिय संयोजक सर्राफले बताए ।
हावाहुरी पीडितहरुलाई ’मा’ ले राहत वितरण गर्दै
सारांश
- बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्हरीया, रमपुरर्वा, खटुवालगयातको प्रभावित क्षेत्रमा ‘मा’ को टोलिले सोमबारदेखि बुधबार राति सम्म राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।
- भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक एवं युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले सोमबारदेखि लगातार बाराका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग एक सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
- भिजिट मधेस नेपालले ‘मा’द्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया