पिएम कप महिला क्रिकेट छनोट  खेलमा राजविराज बिजयी

राजविराज राजविराज
|
मंगलबार, मंसिर १९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
पिएम कप महिला क्रिकेट छनोट  खेलमा राजविराज बिजयी

सारांश

  •     राजबिराजले खडक कुईनसलाई ८३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
  • सोमवार राजबिराजस्थित सप्तरी क्रिकेट संघ र सबल नेपालको संयुक्त आयोजनामा उदघाटन खेलमा राजबिराज च्यामले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय ६० रनको योगफल खडा गरेको थियो ।
  •     जसमा साक्षी यादबले उत्कृष्ट ब्याटिंग गर्दै ११ चौकाको मदतले ५९ रन अविजित खेलेका थिईन ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।

    पिएम कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनोट प्रतियोगिता तथा त्रिकोणात्मक सिरिजमा राजबिराज महिला क्रिकेट टिम बिजय भएको छ ।
    राजबिराजले खडक कुईनसलाई ८३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । सोमवार राजबिराजस्थित सप्तरी क्रिकेट संघ र सबल नेपालको संयुक्त आयोजनामा उदघाटन खेलमा राजबिराज च्यामले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय ६० रनको योगफल खडा गरेको थियो ।
    जसमा साक्षी यादबले उत्कृष्ट ब्याटिंग गर्दै ११ चौकाको मदतले ५९ रन अविजित खेलेका थिईन । यसैगरी निसम चौधरीले ३१ रन साक्षी देवले रन जोडेकी थिइन । 
    यता बलिङतर्फ खडक कुईनसका आरती रामले २ बिकेट हात पारेका थिए । जवाफमा खडक कुईनले २० ओभरमा सबै बिकेट गुमाई ७७ रन मात्र बनाउन सके, जसमा अन्जिली चौधरीले १२ रन बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेनन् ।
    ञबलिङतर्फ राजबिराजका दिपा रामले उत्कृष्ट बलिंग गर्दै ४ ओभर दुई मेडन ५ रन दिएर ४ बिकेट, साक्षी यादब, सितल चौधरी, आकृती मण्डल समान्य १÷ १ बिकेट हात पारेकी थिइन् ।
    खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजबिराज च्यामका साक्षीले प्लेयर अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
    उक्त प्रतियोगिताको एक कार्यक्रम बिच राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले ब्याटिङ र नगरपालिका प्रवक्ता तथा वडा ८ का अध्यक्ष जयनारायण मण्डलले बलिङ तथा वडा ६ का अध्यक्ष शशी चौधरीले किपिंग गर्दै खेलको उद्घाटन गरेका थिए ।
    यस प्रतियोगिता वाट पुस १ देखि काठमाडौमा हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोटका लागि मंसिर २४ देखि प्रादेशिक महिला क्रिकेट टिममा सहभागिताका लागि सप्तरी जिल्ला महिला क्रिकेट टिम छनोट गर्ने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई लाख बराबरको मेशिनरी समान बरामद 
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी