आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 

राजविराज राजविराज
|
शनिबार, मंसिर ३०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 

सारांश

  •     कहिले कार्यालयको गाडी दुर्घटनामा पर्दा त कहिले स्थानीय ब्यक्तीहरुबाटै दुब्र्यवहार हुदा ती विपक्षीले झुठो प्रचारबाजी संगै सोझै आफु माथी भ्रामक प्रचारबाजीमा लाग्ने गरेको उनको भनाई छ ।
  •       गाउँपालिकाको विकासका लागी जोश जाँगरका साथ जुटेका वेला समय समयमा फैलाइएने यस्ता अफवाहरुले आफुलाई निराश तुल्याउने गरेपनि विचलीत भने नभएको र जनताको साथ सहयोगबाट अघि बढीरहेको उनको भनाई छ ।
  • उनले यसरी अफवाह फैलाउने ब्यक्ती आफुले पद सम्हाले देखि नै विभिन्न विषयम झुटो आरोप लगाउने गरेको बताए ।

    राजविराज÷सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले केही विपक्षीहरुले सामाजिक सञ्चालको दूरुपयोग गर्दै श्रृंखलाबद्ध रुपमा गलत सुचना प्रवाह र अफवाह फैलाउने काम गरिरहेको गुनासो गरेका छन् । 
    गाउँपालिका कार्यालयको सभाकक्षमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले गुनासो पोख्दै आफु विरुद्ध विपक्षीले फैलाउने गरेको अफवाह प्रमाणित गरेर देखाउन चुनौती समेत दिए । 
    उनले केही दिन अघि स्थानीय एक विपक्षीले आफु माथी मोवाईल र नगद लुटपाट गरेको झुटो आरोप सहित प्रहरीमा उजुरी दिने प्रयास गरेको र सो विषयलाई समाजिक सञ्जाल मार्फत समेत बढाई चढाई प्रचारबाजी गरी आफ्नो चरित्र हत्यको प्रयास गरेको दाबीका साथ आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।
    कहिले कार्यालयको गाडी दुर्घटनामा पर्दा त कहिले स्थानीय ब्यक्तीहरुबाटै दुब्र्यवहार हुदा ती विपक्षीले झुठो प्रचारबाजी संगै सोझै आफु माथी भ्रामक प्रचारबाजीमा लाग्ने गरेको उनको भनाई छ । 
    गाउँपालिकाको विकासका लागी जोश जाँगरका साथ जुटेका वेला समय समयमा फैलाइएने यस्ता अफवाहरुले आफुलाई निराश तुल्याउने गरेपनि विचलीत भने नभएको र जनताको साथ सहयोगबाट अघि बढीरहेको उनको भनाई छ । उनले यसरी अफवाह फैलाउने ब्यक्ती आफुले पद सम्हाले देखि नै विभिन्न विषयम झुटो आरोप लगाउने गरेको बताए ।
    उनले आफुलाई असफल बनाउन र गाउँपालिकालाई कालो सुचीमा पार्न विपक्षी लागी परेको जनाउदै त्यस्तालाई गाउपालिकाको हितमा नमुना काम गरेर परास्त पारेरै छाड्ने दृढता ब्यक्त गरे । 
    आफुलाइ बदनाम गर्ने नियतले झुठा प्रचारबाजीमा उत्रेकाहरु उपर छानवीन र कारवाही हुनु पर्ने उनले मागँ समेत गरेका छन् । 
    एक अर्काे प्रसंगमा उनले छोटो समय मै कर्मचारी सरुवा हुनु र सो ठाउँका अर्काे कर्मचारी ल्याउन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता रहेको बताउदै यस्तो रवैयाले कार्यालयको दैनिकी कामकाज मात्र नभई विकास निर्माणका काम समेत प्रभावित हुने गरेको सुनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु