राजविराज÷सप्तरीमा शनिबार आयोजित एक धार्मिक समारोहमा भारतसमेतका भक्तजनहरुको घुँइचो देखिएको छ । जिल्लाको तिरहुत गाउँपालिकामा आयोजना गरिएको बिराट शिव गुरु महोत्सवमा भक्तजनको घुँइचो देखिएको हो ।
महोत्सवमा आध्यात्मिक ज्ञान लिन तिरहुत गाउँपालिका र आसपासका बासिन्दाका साथै भारतीय सीमावर्ती क्षेत्रका समेत हजारौंको संख्यामा सहभागि थिए । ट्रयाक्टर, टेम्पु, म्याजिक, कार, जिप र बस लगायतका सवारीसाधान चढेर महोत्सव र शिवचर्चाको धार्मिक समारोहमा २५ हजार भन्दा बढी भक्तजन सहभागि हुन आएको गाउँपालिकाका अध्यक्ष बिजयकुमार यादवले बताए ।
मानव कल्याण तथा भगवान शिवको महिमा बारे जागरण फैलाउने उद्देश्यले शिव शिष्य परिवार सप्तरीद्वारा आयोजना गरिएको उक्त धार्मिक समारोहमा भारत राचीका शिव शिश्य श्री अभिनव आनन्द, सहरसाका सुवोध कुमार मिश्र, समस्तीपुरका अरुण कुमार सिंह् लगायतले भगवान शिवको महिमा बारे प्रवचन दिएका थिए ।
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
सारांश
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया