दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
सात वर्षअघि भएको मलेठ घटनाको सम्झनामा बुधबार साँझ राजविराजमा मैनबती प्रज्वलन गरिएको छ ।
राजबिराज ९ स्थित मलेठमा सहिद स्तम्भमा जसपा नेपाल सप्तरीले श्रद्वाञ्जली अर्पण गर्दै मैनबती प्रज्वलन गरेको हो ।
तत्कालीन मधेशी मोर्चा र नेकपा एमालेबीचको द्वन्द्वका कारण सिर्जित घटनामा सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवको मृत्यु भएको थियो ।
२०७३ फागुन २३ गते एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा सभा गर्ने तयारी र सभा गर्न नदिने तत्कालीन मधेशी मोर्चाको अडानका बीच भएको झडपमा मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र र बस्तीमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।
समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादब, समाजवादी बिधार्थी युनियन संजय यादब, युवा निकट केन्द्रीय सचिव विशाल यादब, प्रदेश सचिव बिजय साह, युवा जिल्ला सचिव सुधिर यादब लगायतले शहिद स्तम्भमा मैनबती प्रज्वलन गरेका थिए ।
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन
सारांश
- राजबिराज ९ स्थित मलेठमा सहिद स्तम्भमा जसपा नेपाल सप्तरीले श्रद्वाञ्जली अर्पण गर्दै मैनबती प्रज्वलन गरेको हो ।
- तत्कालीन मधेशी मोर्चा र नेकपा एमालेबीचको द्वन्द्वका कारण सिर्जित घटनामा सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवको मृत्यु भएको थियो ।
- २०७३ फागुन २३ गते एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा सभा गर्ने तयारी र सभा गर्न नदिने तत्कालीन मधेशी मोर्चाको अडानका बीच भएको झडपमा मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र र बस्तीमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया