बट सावित्री पर्व मनाइयो 

राजविराज राजविराज
|
बिहिबार, जेठ २४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बट सावित्री पर्व मनाइयो 

सारांश

  •     प्रकृतिपुजक मिथिला सभ्यतामा बट (बर) को रुखलाई जेठ औसीको दिन विशेष पूजा गर्ने चलन छ ।
  • जसलाई बट सावित्री पर्व भनिन्छ ।
  • यस अवसरमा विहीवार राजविराज नगरपालिकाले मातहतका सबै महिला कर्मचारीका लागी सार्वजनिक विदा नै दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
 
    श्रीमान्को दिर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित यूवतीदेखि बृद्धासम्म विहिवार बट सावित्री पर्व मनाएका छन् । 
    प्रकृतिपुजक मिथिला सभ्यतामा बट (बर) को रुखलाई जेठ औसीको दिन विशेष पूजा गर्ने चलन छ । जसलाई बट सावित्री पर्व भनिन्छ । यस अवसरमा विहीवार राजविराज नगरपालिकाले मातहतका सबै महिला कर्मचारीका लागी सार्वजनिक विदा नै दिए । 
    ब्रतालु महिलाहरुको सर्वाधिक भीड भगवती मन्दिर परिसरमा रहेको बटबृक्ष मुनि देखिएको थियो । आफ्नो श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्न ब्रतवसी पुजामा सहभागी भएको ब्रतालु महिलाहरुले बताइन । बट बृक्षको पूजा सकेर मात्र व्रतालुहरु अन्नजल ग्रहण गर्ने परम्परा छ । 
    बटबृक्षलाई मैथिलीमा बरको “गाँछ” भनिन्छ । मैथिलीमा श्रीमानलाई “बर” भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने पुरातन परम्परा हो । 
    धार्मिक मान्यताका अनुसार सावित्रीले आफ्नो मृत पति सत्यवानको पुनजीवन प्राप्तीका लागी बटबृक्ष कै फेदमा पूजा गरेकी थिइन । सो पूजा पछि सत्यवानले पुनजीवन प्राप्त गरेकाले सोही मान्यताका आधारमा बटबृक्षको पूजा गर्ने चलन सूरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
सप्तरी प्रहरीद्वारा एक हजार पाँच सय किलो मरिच बरामद 
वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
गुडिरहेको ट्रकमा आगलागी 
गुडिरहेको ट्रकमा आगलागी 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह