नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम

राजविराज राजविराज
|
मंगलबार, भाद्र १८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम

सारांश

  •     सबल नेपालद्वारा आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्थाले संंचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका महिला, युवा, किशोर किशोरीहरूको अधिकार अभियानको लागि गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिमको आयोजना गरिएको हो ।
  •       कार्यक्रममा सप्तकोशी नगरपालिका वडा ३ का अध्यक्ष देवकान्त गोजेवारले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने बताए ।
  • वडा ५ का अध्यक्ष गोसाई चौधरीले युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ भदौं । 

    सप्तकोशी नगरस्तरिय युवा संजालका सदस्यहरूलाई क्षमता अभिबृद्धिका लागि संचालित दुई दिने क्षमता बिकास तालिम मंगलबार सम्पन्न भएको छ ।
    सबल नेपालद्वारा आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्थाले संंचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका महिला, युवा, किशोर किशोरीहरूको अधिकार अभियानको लागि गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिमको आयोजना गरिएको हो । 
    कार्यक्रममा सप्तकोशी नगरपालिका वडा ३ का अध्यक्ष देवकान्त गोजेवारले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने बताए । वडा ५ का अध्यक्ष गोसाई चौधरीले युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आएको बताए ।
    त्यस्तै सप्तकोशी नगरपालिका प्रशासन अधिकृत प्रकाश सुवेदीले युवा संजाल सक्रिय र संगठित भएर समाजिक मुद्वा र सवालमा अगाडि बढेमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबधता गरे ।
    योजना तर्जुमामा युवाको सहभागिता, कानुन निर्माणमा युवाको सहभागिता, युवामैत्री बार्षिक नीति, युवा निर्दिष्ट बजेटको ब्यबस्था, योजना कार्यान्वयनमा युवाको सहभागिता, अनुगमन मुल्याङ्कनमा युवाको सहभागिता बारेमा सहजिकरण गरिएको छ । त्यस्तै युवा क्षमता बिकास तालिमवाट युवाहरूको समस्या, मुद्वा, सवालहरूको वारेमा पैरबी, बकालत गरी समस्याको सामाधान गरी समुदायलाई सचेत र शिक्षित बनाउने उदेश्य रहेको छ ।
    सो तालिममा सबल नेपालका परमेश्वर झा, कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादब, कार्यक्रम अधिकृत सवनम यादब लगायतले सहजिकरण गरेका थिए । जिल्लाको १८ वटै पालिकामा गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिम सुरू गरिएको सबल नेपालका कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?