दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको सप्तकोसी नगरपालिकाका उपप्रमुखको नेतृत्वमा निर्वाचित प्रतिनिधिहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन् ।
उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
निमित्त प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएका भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासकीय अधिकृत बासुदेव रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भए लगत्तै बिदामा बसेका छन् ।
जनप्रतिनिधिलाई बेवास्ता गरेको र काम प्रभावित बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक जानकारी गराइएको उपप्रमुख चौधरीले बताइन् । उनले रामदेव चौधरी कार्यालय प्रमुख हुँदाका अधिकांश योजना र सम्झौता अधुरा रहेको जानकारी दिइन् ।
त्यसअघिका कार्यालय प्रमुख राजकपुर चौलागाईं गत पुष महिनामा सरुवा भएपछि चौधरी नै निमित्त थिए ।
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
सारांश
- उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
- निमित्त प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएका भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासकीय अधिकृत बासुदेव रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भए लगत्तै बिदामा बसेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया