दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
राजविराजस्थित हटियाको सपीङ्ग कम्प्लेक्स निर्माण कार्यमा संलग्न एक मजदुरको माटोको ढिस्कोले पुरिएर बिहीबार मृत्यु भएको छ ।
राजविराज नगरपालिकाद्वारा वडा ७ स्थित हटियामा निर्माण भईरहेको सपिङ्ग कम्पलेक्श निर्माण कार्यमा खटिएको सुनसरी जिल्ला शिवगन्ज गाउँपालिका ८ भोकराहाका २८ वर्षिय अरसद अलिको मृत्यु भएको हो ।
निर्माण स्थलमा खनिएको गहिरो खाडल भित्र काम गर्दै गर्दा अचानक ढिस्कोले पुरिएर गम्भिर घाइते भएका अलिको प्रहरीले उद्धार गरी उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त कार्यको रसुवा रोशन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ । यसैबीच जोखिमपूर्ण अवस्थामा मजदुर अलीलाई काममा लगाएको भन्दै आक्रोशित मजदुरहरुले उचित क्षतिपुर्तीको माग गरेका छन् ।
ढिस्कोले पुरिएर मजदुरको मृत्यु
सारांश
- राजविराज नगरपालिकाद्वारा वडा ७ स्थित हटियामा निर्माण भईरहेको सपिङ्ग कम्पलेक्श निर्माण कार्यमा खटिएको सुनसरी जिल्ला शिवगन्ज गाउँपालिका ८ भोकराहाका २८ वर्षिय अरसद अलिको मृत्यु भएको हो ।
- निर्माण स्थलमा खनिएको गहिरो खाडल भित्र काम गर्दै गर्दा अचानक ढिस्कोले पुरिएर गम्भिर घाइते भएका अलिको प्रहरीले उद्धार गरी उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- उक्त कार्यको रसुवा रोशन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया