दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
नेपाली काँग्रेस सप्तरीले शुक्रवार राजविराजमा आयोजना गरेको चियापान कार्यक्रम नेकपाका नेता एवं पूर्व सिचाई मन्त्री उमेश कुमार यादवले काँग्रेसका संस्थापक नेता विपि कोइरालाले मेलमिलापको नीति नल्याएको भए अहिले नेपालको अवस्था सिरिया जस्तै हुने बताएका छन् ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री यादवले अहिलेको समयमा नेपाली काँग्रेसले विपि कोइरालालाई बदनाम गरिरहेको आरोप समेत लगाए ।
एक अर्को प्रसङ्गमा उनले मधेशीको नाममा नेपालबाट मधेशलाई टुक्राउने षड्यन्त्र भईरहेकोले यस्ता देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्ने जोड दिए ।
उनले प्रदेश नं. २ मा मदिरा र लागुऔषधका कारण अपराध बढिरहेको बताउँदै उनले प्रदेश २ लाई मदिरा मुक्त प्रदेश घोषणा गर्नका लागि आग्रह समेत गरे ।
यस्तै सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाली काँग्रेस जीवन पद्धतिको पार्टी रहेको संज्ञा दिए । उनले सप्तरी जिल्ला मधेशको नेतृत्व गर्ने जिल्ला भए पनि पछिल्लो समयमा सामाजिक र आर्थिक अवस्थामा निकै तल जानु र अपराधिक गतिविधिमा वृद्धि हुनुका कारणले जिल्ला पछाडि पर्दैै गएको जिकिर गरे ।
कार्यक्रममा पूर्व सभासद् सकलदेव सुतिहारले विपी कोइरालाले राष्ट्र सबैको भएकाले सबै मिलेर राष्ट्र बनाउनुपर्ने धारणा राखे । उनले अहिलेको समयमा प्रजातन्त्रप्रतिको मोह सबैबाट हराउँदै गएकोमा दुःख व्यक्त गरे ।
सोही कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका सप्तरी ईन्चार्ज सत्य नारायण यादव, प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमिला यादव, ंकंचनरुपन नगरपालिकाका मेयर बसन्त मिश्र, राजबिराज नगरपालिकाका उपमेयर साधना झा, बलान बिहुल गाउँपलिका अध्यक्ष दयानन्द गोइत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
सारांश
- नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री यादवले अहिलेको समयमा नेपाली काँग्रेसले विपि कोइरालालाई बदनाम गरिरहेको आरोप समेत लगाए ।
- एक अर्को प्रसङ्गमा उनले मधेशीको नाममा नेपालबाट मधेशलाई टुक्राउने षड्यन्त्र भईरहेकोले यस्ता देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्ने जोड दिए ।
- उनले प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया