पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 

राजविराज राजविराज
|
सोमबार, पौष ८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ ।
  • घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 

    पाँच वर्षअघि एक नाबालकको हत्यामा संलग्नता रहेको कसुरमा जिल्ला र तत्तकालिन पुनरावेदन अदालतले कैद सजाय फैसला गरि फरार रहेका एक युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ । घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् । 
    अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका उनलाई सोमबार नै कैद सजाय भुक्तानका लागि बालसुधार गृह बिरगंज पर्सामा पठाइएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ती २१ वर्षिय युवा (तत्तकालिन १६ वर्षिय नाबालक) सहित तीन जना मिलेर २०७६ साल चैत ३० गते सोही स्थानका नाबालक सुरज साहको हत्या गरि कोशी तटबन्धको झारीमा शव फ्याकी फरार भएका थिए । हत्याको अभियोग लागेका तीन जना मध्ये एक जना सबालक र दुई जना नाबालक थिए । जसमा एक सबालक र एक नाबलकले अदालतको फैसला अनुसार कैद सजाय भोगिरहेका छन् । 
    तीनै जना अभियुक्तहरुलाई उक्त कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २५ वर्षको कैद सजायको फैसला सुनाएको थियो । पछि अभियुक्तहरुले पुनरावेदन गरेपछी तत्कालिन पुनरावेदन अदालत राजविराजले कैद सजाय घटाई उनीहरुलाई जनही १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । 
    इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले ती युवालाई आइतबार खोजतलास गरी पक्राउ गरी जिल्ला अदालत राजविराजमा दाखिला गरि अदालतको आदेशानुसार बालसुधार गृह बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
ब्राउन सुगरसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित एक युवक पक्राउ
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस