काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव

राजविराज राजविराज
|
बिहिबार, पौष २५, २०८१
|
|
१८६ पटक हेरिएको
Shares
काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव

सारांश

  •     जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तरगत बिहीबार सप्तरीको विष्णुपुर गाउँपालिकाको परसाहीमा क्षेत्र नं.
  • २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् ।
  •       देशमा ३५ वर्ष भन्दा बढी शासन गरेका काँग्रेस र कम्युनिष्टले मुलुकलाई काण्डै काण्डमा फसाएर बर्बाद पारेको उनले दोषारोपण समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस ।

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई ठूला दल काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत गरेको आरोप लगाएका छन् । 
    जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तरगत बिहीबार सप्तरीको विष्णुपुर गाउँपालिकाको परसाहीमा क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । 
    देशमा ३५ वर्ष भन्दा बढी शासन गरेका काँग्रेस र कम्युनिष्टले मुलुकलाई काण्डै काण्डमा फसाएर बर्बाद पारेको उनले दोषारोपण समेत गरे । 
    मुलुकमा नाम चलेका सबै उद्योगधन्दा र कलकारखानाहरु बन्द हुनु यसको एउटा उदाहरण भएको बताउँदै अध्यक्ष यादवले संवैधानिक नियुक्तिदेखी विभिन्न विश्वविद्यालयहरुमा भएको नियुक्तिमा कमिशन र खरीद बिक्रिको खेल चलेको दाबीका साथ उनले भुटानी शरणार्थी, वाइडबडी, सहकारी, एनसेल, ललिता निवास लगायतका ठूला काण्ड गर्नमा काँग्रेस कम्युनिष्ट नेतृत्व सरकारकै हात रहेको जिकिर गरे ।
    वर्तमान सरकार जनताका लागि काम गर्न नभई आफूले गरेका भ्रष्टाचार लुकाउन बनेको जिकिरका साथ उनले दुई ठूला दल मिलेर सरकार बनाएको उदाहरण विश्वमा कतै नरहेको बताए । सप्तरी निर्वाचन क्षेत्र नं. ३ का अध्यक्ष कमलदेव यादवको अध्यक्षता आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साह, पूर्व प्रदेशसांसद विदेश्वर प्रसाद यादव, केन्द्रिय सदस्य भिमराज यादव, जिल्ला अध्यक्ष केदार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव लगायतले पनि पार्टी सुदृढीकरणको बारे आ–आफ्नो धारणा राखेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी