दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरीको तरहीमा नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च आइतबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
डाकनेश्वरी नगरपालिका ३ तरहीस्थित जनता माबिको हाताभित्र निर्मित पक्की मञ्च भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँरले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई हस्तान्तरण गरे ।
सो अवसरमा उनले विकट क्षेत्रका बालबालिकाहरु शिक्षामा पछाडि परेकोले जनता माविलाई पक्की मञ्च निर्माण गरि हस्तान्तरण गरेको बताए । उनले सानो प्रयासमा शिक्षामा सहयोग पुग्ने उद्देश्यले बार्षिक रूपमा समाजिक सचेतना तथा सानो शिक्षा, र स्वास्थ क्षेत्रवाट पछाडी परेका बस्तीमा सहयोग गरेको बताए ।
नेपाली सेनाको बार्षिक कार्यक्रम अन्तर्गत भिम दल गणले सप्तरीको छिन्नमस्ता गाँउपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४ सय ५० जनालाई खानेपानीको लागि डिप बोरिंग जडान तथा तिलाठी कोईलाडीमा स्वास्थ, बिपद सम्बन्धी जनचेतना तथा संस्कृतिक जस्ता चेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
सेनानी अमर बहादुर थापाको नेतृत्वको टोलीले पक्की मञ्च निर्माण कार्य १० दिनमा सम्पन्न गरेको उनले बताए । विद्यालय स्थापना भएको अवसरमा जेठ महिनामा आयोजना गर्न लागिएको हरित जयन्तीको अवसरमा सो मञ्च निर्माणका लागि नेपाली सेनासँग आग्रह गरिएको बिद्यालयका प्रअ राजकुमार झाले जानकारी दिए । वि.स. २०११ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ६ सय ५० छात्रछात्रा अध्ययनरत छन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेबी तथा नेकाँ महासमिति सदस्य नारायण यादब, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, बिद्यालय प्रअ राजकुमार झा, बिनोद बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण
सारांश
- नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
- डाकनेश्वरी नगरपालिका ३ तरहीस्थित जनता माबिको हाताभित्र निर्मित पक्की मञ्च भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँरले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई हस्तान्तरण गरे ।
- सो अवसरमा उनले विकट क्षेत्रका बालबालिकाहरु शिक्षामा पछाडि परेकोले जनता माविलाई पक्की मञ्च निर्माण गरि हस्तान्तरण गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया